site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कैलालीका स्थानीय तहको बजेट खर्च न्यून
Ghorahi CementGhorahi Cement

काठमाडौं । कैलालीका स्थानीय तहहरूले पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । जिल्लाका सबैजसो स्थानीय तहमा दोस्रो चौमासिकसम्म बजेट खर्च न्यून छ । केही स्थानीय तहमा योजनाहरु नै सुरु हुन सकेको छैन ।

कैलालीका १३ वटा स्थानीय तहले यस वर्ष पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । दोस्रो चौमासिकमा सबैभन्दा बढी कैलारी गाउँपालिकाले ४३.११ प्रतिशत खर्च गरेको छ भने सबैभन्दा कम गोदावरी नगरपालिकाले ३०.३९ प्रतिशत खर्च गरेको छ ।

Agni Group

यस्तै, धनगढी उपमहानगरपालिकाले ३६.१५ प्रतिशत, गौरीगंगाले ३९.६१ प्रतिशत घोडाघोडीले ३४.५८ प्रतिशत, टीकापुरले ३५.७ प्रतिशत, भजनीले ३८.५४ प्रतिशत, लम्कीचुहा नगरपालिकाले ३९.४६ प्रतिशत खर्च गरेका छन् ।

यस्तै, गाउँपालिकाहरुमा चुरेले ३४.६० प्रतिशत, जानकीले ३१.४२ प्रतिशत, जोशीपुरले ३९.६७ प्रतिशत, बर्दगोरियाले ३१.२३ प्रतिशत र मोहन्यालले ३७.६६ प्रतिशत खर्च गरेका छन् । समग्रमा सबै स्थानीय तहको खर्च ३६.६ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक जगतप्रकाश भट्टले बताए ।

Global Ime bank

विगतमा पनि स्थानीय तहले पर्याप्त बजेट खर्च गर्न सकेका थिएनन् । प्रत्येक वर्ष दोहोरिइरहेको असारे विकासका कारणले पनि समयमै बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यही गतिमा पालिकाहरूले बजेट खर्च गरेमा लक्ष्य पूरा गर्न समेत कठिनाइ हुने भट्टले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC