विदेश
कायरो । इजिप्टको स्वेज नहरमा जहाज फसेपछि विश्वमा कच्चा तेलको मूल्यमा थप वृद्धि हुन सक्ने अनुमान गरिएको छ । बुधबार मात्र कच्चा तेलको मूल्यमा ५ प्रतिशतले वृद्धि भएको बीबीसी हिन्दीले जनाएको छ ।
उक्त जहाजका कारण अन्य मालवाहक जहाजको आवतजावत ठप्प भएको छ । नहरको बालुवामा फसेको सो जहाज निकाल्ने काम जारी रहेको बताइएको छ ।
यसबीचमा इजिप्टले साना जहाजलाई नहरको पुरानो मार्ग खुला गरेर आवतजावत गर्ने व्यवस्था मिलाएको छ । ४०० मिटर लम्बाई र ५९ मिटर चौडाई भएको उक्त विशाल जहाजलाई निकाल्न कैयौँ दिन लाग्न सक्ने अनुमान गरिएको छ ।
पनामामा दर्ता भएको उक्त जहाज चीनबाट नेदरल्यान्ड्स जानेक्रममा स्थानीयसमयानुसार मंगलबार बिहान ७ः४० बजे स्वेज बन्दरगाहमा फसेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७ १५:४७
प्रतिक्रिया दिनुहोस्