site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
२१ अंकले करेक्सन भएको सेयर बजारमा साढे ६ अर्बको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको करेक्सन भएको छ । सातको पहिलो दिन आइतबारदेखि नै उतार–चढाव देखिएको बजारमा अन्तिम दिन पनि उतार–चढावका बीच बजार परिसूचक नेप्से २१.२९ अंकले करेकसन हुँदा २५४८.९६ अंकमा बन्द भएको छ ।

बुधबार करिब २ प्रतिशत अर्थात् ४२ अंकले बढेको नेप्सेमा आज साताको अन्तिम कारोबार दिनमा भने करेक्सन भएको हो । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्समा पनि करेक्सन भएको छ । सेन्सिटिभ इन्डेक्स ५.६४ अंकले घटेर ४५०.३१ अंकमा बन्द भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्सेमा करेक्सन हुँदा व्यापार, होटेल तथा पर्यटन र लगानी उपसूचकबाहेक सबै उपसूचक राताम्यै भएका छन् । होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ४.४५ प्रतिशत, व्यापार उपसूचक ३.९४ प्रतिशत र लगानी उपसूचक १.१६ प्रतिशतले बढेको छ ।

सर्वाधिक घट्नेमा भने हाइड्रोपावर उपसूचक रहँदा अन्य उपसूचकले पछ्याएको छ । हाइड्रोपावर उपसूचक १.८९ प्रतिशत, अन्य उपसूचक १.८८ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.१ प्रतिशतले घटेको छ । यस्तै, लघुवित्त उपसूचक १.०२ र जीवन बिमा उपसूचक ०.९९ प्रतिशतले घटेका छन् ।

Global Ime bank

बजार परिसूचकमा करेक्सन भए पनि कारोबार रकम भने बुधबारको हाराहारीमै पुगेको छ । बुभबार ६ अर्ब ६७ करोडको कारोबार भएको बजारमभा आज पनि साढे ६ अर्बमाथिको कारोबार भएको छ । ७४ हजार ६५८ पटकको कारोबारमा २०८ कम्पनीको १ करोड २५ लाख ४८ हजार १४६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५० करोड ८ लाख ६ हजारको कारोबार भएको छ ।

कारोबार रकममा नेपाल इन्फ्रास्ट्रचर बैंकले लिड गरेको छ । बैंकको सर्वाधिक ९१ करोड ८ लाख ८१ हजारको कारोबार भएको छ । यस्तै, अपर तामाकोसीको २६ करोड ९७ लाख ७२ हजार र सिद्धार्थ इन्स्योरेनसको २३ करोड ५१ लाख २२ हजारको कारोबार भएको छ ।

नेप्सेमा करेक्सन हुँदा पनि चन्द्रागिरि हिसको सेयर मूल्य बढ्नेक्रम भने रोकिएको छैन । माघ २३ गते नेप्सेमा सूचीकरण भएर माघ २३ बाट कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य लगातार बढिरहेको छ । १५७ रुपैयाँमा ओपनिङ कारोबार भएको कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढेर २ हजार ७९ रुपैयाँ पुगेको छ । त्यसबाहेक आज नेप्सेमा सपोर्ट माइक्रोफाइनान्स र वोमी लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

नेपाल बंगलादेश बैंकको सेयर मूल्य भने सर्वाकि ६ प्रतिश माथिले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC