site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फेसबुकले हटायो उइगरमाथि निगरानी गर्ने चिनियाँ ह्याकरको एकाउन्ट
Sarbottam CementSarbottam Cement

बीबीसी । अल्पसंख्यक उइगर मुस्लिममाथि निगरानी गर्ने चिनियाँ ह्याकरको एकाउन्ट फेसबुकले आफ्नो प्लेटफर्मबाट हटाएको छ । फेसबुकले चीनबाहिर रहेका उइगर मुस्लिममाथि निगरानी गर्ने ह्याकरले बनाएका १०० एकाउन्ट र ग्रुप हटाएको हो ।

फेसबुकका अनुसार उक्त समूहले खराब (मेलिसियस) वेबसाइट र एप्लिकेसनहरुको प्रयोग गरेर डिभाइसमाथि नियन्त्रण लिएर निगरानी गरेको थियो । उनीहरुको मुख्य निसानामा पत्रकार र अधिकारकर्मी परेका जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अधिकांश साइबर हमलाहरु फेसबुकमा नभएको स्पष्टीकरण दिँदै फेसबुकले आफ्नो प्लेटफर्ममार्फत अन्य ‘इन्फेक्टेड’ साइटहरु सेयर गरिएको बताएको छ । “यो गतिविधिमा निरन्तरको प्रयास र उच्चतम रिसोर्सको प्रयोग भएको पहिचान गरिएको छ । तर, यसको पछाडि कसको हात छ भन्ने स्पष्ट भएको छैन,” फेसबुकको साइबर जासुसी अनुसन्धानका प्रमुख माइक डिल्यान्स्कीले एक ब्लगमा लेखेका छन् ।

उइगर चीनको सिनजियाङ प्रान्तको उत्तर–पश्चिमी क्षेत्रका बासिन्दा हुन् । उनीहरुमाथि दमन तथा यौन र श्रमशोषण गरेको भन्दै चीनको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको छ । पछिल्लो केही वर्षमा चीनले १० लाखभन्दा धेरै उइगरलाई हिरासतमा राखेको आरोप लगाइएको छ ।

Global Ime bank

तर, चीनले भने आरोपको खण्डन गर्दै आतंकवादसँग लड्नका लागि ‘पुनः शिक्षित’ गर्न उइगरलाई शिविरमा राखिएको दाबी गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC