site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिलवाल आएपछि बिमा प्राधिकरण विधेयकमा ‘यू–टर्न’, वर्तमान अध्यक्षले नै प्राधिकरणमा निरन्तरता पाउने
Ghorahi CementGhorahi Cement

काठमाडौं । संसद्मा पेस भएको बिमा प्राधिकरण विधेयक ‘यू–टर्न’ भएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडा हुँदा बहालवाला बिमा समितिका अध्यक्ष तथा सञ्चालक समिति नयाँ बन्ने बिमा प्राधिकरणमा नरहने गरी विधेयक तयार पारेकामा समितिमा सूर्यप्रसाद सिलवाल अध्यक्ष भएपछि उनीसमेत सञ्चालक समितिका सदस्य नयाँ प्राधिकरणमा रहने गरी विधेयक संशाेधन भएकाे छ । 

अर्थ समितिमा दफावार छलफलपछि तयार पारिएको संशाेधित विधेयकमा हालका अध्यक्ष र सञ्चालक समितिका सदस्य नयाँ बन्ने बिमा प्राधिकरणमा कायम हुने व्यवस्था भएकाे छ । संसदीय समितिमा भएकाे छलफल अनुसार बिमा समितिका सञ्चालक, अध्यक्षा तथा कर्मचारीले नयाँ ऐन लागु भए पिछ बन्ने  बिमा प्राधिकरणमा पदावधि कायम रहँदासम्म बहाल रहने गरी संशाेधन गिरएकाे अर्थ मन्त्रालयका राजस्वसचिव रामशरण पुडासैनीले बताए । हालका अध्यक्ष र सञ्चालक समितिको पदावधि रहुञ्जेलसम्म प्राधिकरणमा रहनेछन् ।

Agni Group

तत्कालीन अर्थ मन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको विधेयकमा बिमा समितिका कर्मचारीले ऐन लागु भएपछि निरन्तरता पाउने तर अध्यक्ष तथा सञ्चालक भने नयाँ ऐन अनुसार नियुक्त हुने गरि पेश गरेका थिए ।  

तर, संदीय समितिले भने विधेयकको उक्त प्रस्तावलाई उल्ट्याउँदै अध्यक्ष तथा सञ्चालकले पनि नयाँ ऐन लागु भए पछि निरन्तरता पाउने गरी विधेयकमा संशोधन गरिएको छ । बिमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईं हुँदा ल्याइएको उक्त प्रस्ताव सूर्यप्रसाद शिलवाल अध्यक्ष नियुक्त भएसँगै परिमार्जन भएको छ । उक्त वयस्था परिमार्जनमा अर्थ मन्त्रालय पनि राजी भएको छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC