site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) वैशाखदेखि थापाथलीस्थित नयाँ भवनमा सर्ने जानकारी दिइएको छ । भूकम्पबाट २०७२ सालमा काठमाडौंको बल्खुमा रहेको कार्यालय क्षतिग्रस्त भएपछि धुम्बाराहीस्थित एउटा स‌स्थाको भवनबाट एमालेले आफ्नो कार्यालय सञ्चालन गर्दै आएको छ । त्यहीँबाट केही समय एमाले र माओवादी एकतापछि बनेको नेकपाको कार्यालय पनि सञ्चालन गरिएको थियो ।

चक्रपथ विस्तारका क्रममा असुविधा र अपेक्षाकृत साँगुरो हुने भएपछि कार्यालय सुविधाजनक स्थानमा सार्न लागिएको बताइएको छ । थापाथलीको नयाँ घर एमालेकै शुभचिन्तक व्यवसायीको रहेछ । केही महिना पहिलेसम्म एउटा अन्तर्राष्ट्रिय संस्थाले भाडामा लिएको घर एमालेलाई घर दिने घरधनीले भाडाका हकमा भने पार्टीले जति दिन्छ त्यतिमै चित्त बुझाउने भनेको समाचार सार्वजनिक भएको छ । जनचासोको विषय यही हो ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यक्ति विशेषाले आफ्नो सम्पत्ति संस्था वा व्यक्तिलाई सस्तो वा सित्तैमा दिए पनि राज्य वा अरू कसैलाई हानिनोक्सानी नहुँदासम्म सार्वजनिक चासोको विषय बन्नु वा बनाउनु उचित होइन । नेपालमा त झन् राजनीतिक दलको मात्र होइन क्रान्तिकै सबै खर्च व्यक्ति विशेषले निजी सम्पत्तिबाट गरेको उदाहरण छ । 

सुवर्ण शम्शेरले त झन् पछि पनि नेपाली का‌ग्रेसको चुनाव खर्च वा सशस्त्र आन्दोलनमा खर्च गरे । परन्तु, २००७ सालको क्रान्तिको खर्च बेहोर्ने सुवर्ण शम्शेर र महावीर शम्शेरले राज्यबाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा त्यस्तो लगानी असुल गरेनन् । यही कारणले उनको योगदान आलोचनाको विषय कहिल्यै बनेन ।

Global Ime bank

राजनीतिक दलमाथि गरिने लगानी सधैँ निःस्वार्थ वा राजनीतिक निष्ठाका लागि मात्र भने नहुँदोरहेछ । पछिल्ला वर्षहरूमा उद्यमी व्यवसायीले राजनीतिक नेतालाई पैसा दिएर रिझाउने र राज्यको दोहन गरेर त्यसको चौबर असुल्ने गरेको धेरै घटना सार्वजनिक भएका छन् । 

एमालेले कार्यालय राख्ने नयाँ भवनको भाडाका सम्बन्धमा स्पष्ट जानकारी नदिइँदा घरधनीले एमालेलाई गुन लगाएर राज्यबाट अनुचित लाभ त लिएका वा लिन खोजेका छैनन् भन्ने सन्देह उत्पन्न हुनु स्वाभाविकै हो । एमालेको कार्यालय रहेकै संस्थासँग सम्बन्धित यती समूहलाई राज्यका विभिन्न सम्पत्ति निकै कम भाडामा दिएर ‘गुन तिरेको’ आरोप प्रधानमन्त्री खड्गप्रसाद ओलीमाथि लाग्दै आएको छ ।

एमालेका सदस्य शुभेच्छुक घरधनीले पनि पार्टीलाई सस्तोमा घर दिएर राज्यबाट क्षतिपूर्ति असुल गर्ने मनुसवा राख्नु भएन । पार्टीलाई सहयोग गरेको देखाएर राज्यबाट असुल गर्ने हो भने त त्यो भ्रष्टाचारकै अर्को रूप हुन्छ । यसैले सत्तारुढ दलले पारदर्शी आर्थिक अभ्यासका लागि पनि भाडा रकमका विषयमा सार्वजनिकरूपमा स्पष्ट जानकारी दिनुपर्छ । पटकपटक भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री ओली पनि आफू र आफ्ना शुभेच्छुकलाई भ्रष्टाचारको आरोप लागेको हेर्न त पक्कै रुचाउँदैनन् होला नि ! 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC