काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्नेमा एनएमबि पहिलो बैंक भएको छ । उक्त प्रावधानअनुरुप अब एकैपटक वा पटक–पटक गरी वार्षिक ५०० अमेरिकी डलरसम्म वा सो बराबर अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्डमार्फत अनलाइन कारोबार गर्न सकिने जनाइएको छ ।
अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित खाता खोली विदेशबाट पाइने सुविधा अनलाइन प्रवाह हुने सेवाहरु (भारतमा बाहेक) जस्तै, नेटफ्लिक्स, सपिङ, शिक्षालगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायलाई आफैँले भुक्तान गरी तत्कालै प्रवर्द्धन गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको देशभरिका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरिका १३६ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जनाएको छ ।