site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चार्टर्ड एकाउन्टेन्टसँग शिक्षा मन्त्रीले भने– समकक्षता हटाउने विषयमा तत्काल छलफल गर्छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले चार्टर्ड एकाउन्टेन्ट (सीए)ले पाइरहेको समकक्षता स्थगित गर्ने त्रिभुवन विश्वविद्यालयको कदमबाट सिर्जित समस्या हल गर्ने आश्वासन दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्स संघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो आश्वासन दिएका हुन् । 

“राज्यले पढ्न बोलाउने, पढाउने र पास गरिसकेपछि बेवारिसे बाउन मिल्छ र ?” उनले त्रिभुवन विश्वविद्यालयको कदमप्रति प्रश्न गर्दै भने “तुरुन्तै त्रिभुवन विश्वविद्यालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ र शिक्षा मन्त्रालयबीच मिटिङ राखेर यो समस्या हल गर्न पहल गर्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

संघका अध्यक्ष आनन्द शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले त्रिभुवन विश्वविद्यालयले सीए उपाधि प्राप्त गरेका विद्यार्थीलाई विगतमा दिँदै आएको स्नाकोत्तर समकक्षता स्थगित गरेको जानकारी गराउँदै उक्त निर्णय फिर्ताका लागि पहल गरिदिन मन्त्री श्रेष्ठसँग आग्रह गरेको थियो ।

संघले कठोर मेहनत, धैर्य र लगनशीलताका साथ सीए उपाधि प्राप्त गरेका विद्यार्थी त्रिभुवन विश्वविद्यालयको कदमबाट प्रत्यक्ष प्रभावित भएको जनाएको छ । त्रिभुवन विश्वविद्यालयले एउटा सूचनासमेत प्रकाशित नगरी सीएलाई स्नातकोत्तरमा भर्ना नलिएको र समकक्षता दिने समयमा भर्ना भई अध्ययन सकेर अहिले उत्तीर्ण भएकालाई समेत ट्रान्स्कृप्ट र प्रमाणपत्र दिन इन्कार गरेको गुनासो मन्त्रीसमक्ष राखेको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC