site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाउँदै, काठमाडौं–वनारस–काठमाडौं प्रुभिङ फ्लाइट सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । तेइस वर्षदेखी आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एयरलाइन्सले काठमाडौं–वनारस–काठमाडौं परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलता पूर्वक सम्पन्न गरेको छ । दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा चार्टर÷नन् सेड्युल फ्लाइट गर्ने उद्देश्य कम्पनीको छ । सोही अनुरुप कम्पनीलाई अन्तर्राष्ट्रिय उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रिया अन्तर्गत यो उडान गरिएको यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।  

परीक्षण उडानसँगै प्राधिकरणबाट यतीले अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त गर्ने अन्तिम चरणमा पुगेको उनले बताए । “परीक्षण उडानको प्रतिवेदनसँगै केही दिन भित्र यती एअरलाइन्सले अन्तर्राष्ट्रिय उडानको एओसी प्राप्त गर्नेछ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

परीक्षण उडानमा प्राधिकरण तथा एअरलाइन्सका अफिसियलहरुको सहभागीता रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए । नयाँ बन्ने क्षेत्रीय विमानस्थललाई नजिकका अन्तर्राष्ट्रिय गन्तव्यलाई जोड्न र धार्मिक पर्यटनलाई भित्र्याउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय उडान गर्न लागेको उनले बताए ।

सन् २०२१ भित्रै दुईवटा एटीआर–७२ वायुयान थप्ने योजना बनाएको यो कम्पनीले अहिले एटीआर–७२ र जेटस्ट्रिम वायुयानमार्फत विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC