site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मलाई केही भयो भने मेरी छोरीको ख्याल राख्नू...
Sarbottam CementSarbottam Cement

बीबीसी । म्यानमारका नागरिकहरुले प्रत्येक दिन बढ्दो रुपमा हिंसात्मक बन्दै गएको जनआन्दोलनमा सहभागी हुनेबारे कठिन निर्णय लिनु परिरहेको छ । देशमा लोकतन्त्र पुनःस्थापित होस् भन्ने सबैको चाहना भए पनि क्रान्तिको यो मार्गमा अनेकौँ व्यक्तिगत चुनौती र त्याग गर्नु परिरहेको उनीहरु बताउँछन् । 

न नाम गरेकी ‘जेनेरल स्ट्राइक कमिटी अफ नेस्नालिटिज’ कि एक नेतृले आफ्नी एक वर्षीया छोरीको उज्जवल भविष्यका लागि भनेरै सेनाविरुद्ध लडिरहेको बताउँछिन् । आफ्नो सघर्षको कथा उनले बीबीसीलाई यसरी सुनाइन् :

म म्यानमारको एक जातीय अल्पसङ्ख्यक वर्ग ‘करेन’ मा पर्दछु । त्यसैले पनि आन्दोलन मेरा लागि नयाँ कुरा होइन । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेको प्रदर्शनमा प्रजातन्त्रवादी नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टलाई रिहा गर्न र २०२० को चुनाव नतिजा स्वीकार गर्न माग गरिएको छ । 

तर हामीजस्ता जातीय अल्पसङ्ख्यकका माग त्योभन्दा धेरै गहिरो छ । हाम्रो दृष्टि भनेको म्यानमारमा रहेका सबै राष्ट्रियतासहितको संघीय लोकतान्त्रिक युनिअन स्थापित गराउनु हो । सेनाले धेरै वर्षसम्म हामीलाई विभाजित गराइ पराजित गर्ने रणनीतिले शासन गर्‍यो तर अहिले सबै राष्ट्रियता एक भएर उठेका छन् । 

Global Ime bank

मेरी एउटी छोरी पनि छन् जो भर्खर एक वर्षकी भइन् । मेरा कदमको नराम्रो परिणाम उसले भोग्नु नपरोस् भन्ने म सधैँ प्रार्थना गर्छु । तर वास्तवमा म उसैका लागि यो आन्दोलनमा संलग्न भएकी हुँ किनकि म पछि गएर उसले पनि मैले जस्तै तानाशाही शासनमा हुर्किनु नपरोस् भन्ने चाहन्छु । मैले आन्दोलनमा सहभागी हुनुअघि पतिसँग पनि छलफल गरेँ । 

मैले उनीसँग मलाई केही भएमा, पक्राउ परेमा या आन्दोलनका क्रममा मारिएमा, हाम्री छोरीको राम्रो ख्याल राख्न अनि आफू पनि जीवनमा अगाडि बढ्न भनेकी छु । 

हामी यो क्रान्तिको लडाईँ आफूहरुमै सिध्याउन चाहन्छौँ आफ्ना बच्चाहरुसम्म पुर्‍याउन चाहँदैनौँ । 

मियेक सहरको अस्पतालमा काम गर्ने अर्का एक नन्द नामक स्वास्थ्यकर्मीले पनि आफ्नो दुःख सुनाए । स्वास्थ्यकर्मीहरुले म्यानमार आन्दोलनमा प्रमुख भूमिका निर्वाह गर्दै आएका छन् तर नन्दका अनुसार मियेकका सबैजना सेनाबाट पक्राउ पर्ने डरले यतिबेला लुकेर बस्न बाध्य भएका छन् । 

उनले भनेका छन्, ७ मार्चको रात कर्फ्यु सुरु हुनै लाग्दा म गाडी चलाइरहेको थिएँ । यसपछि बाटोमा मैले एक ओर्थोपेडिक सर्जन उनकी पत्नी, एक फिजिसियन र उनका परिवारसहितलाई रातको अँध्यारोमा सुरक्षित स्थल पुर्‍याएँ । केही दिन अगाडि मात्र सरकारी अधिकारीहरुले मियेकको अस्पतालका विज्ञ, मेडिकल अधिकारी अनि नर्सहरुको नाम माग गरेका थिए जो जनआन्दोलनमा सहभागी भएका थिए । 

त्यसैले पनि हामी अहिले धेरै त्रासमा छौँ । उनीहरुलाई हाम्रो नाम किन चाहियो ? नाम थाहा पाएर हामीलाई बोलाए भने के हुन्छ, कहाँ लगिन्छ ? कारमै बसिरहँदा हामीबीचको माहोल विश्वास गर्नै कठिन भयो । ती फिजिसियन सोध्दै थिए, “हामी डाक्टर, मेडिकल स्टाफहरु भएर पनि किन अपराधीजस्तो लुकेर बस्नुपर्ने ? जब कि उनीहरु चाहिँ आफूखुसी जे पायो त्यही गरिरहेका छन् ।”

म आफैँलाई पनि यो कुरा सम्झेर वाक्क लाग्छ । बिना कुनै गल्ती मैले यसरी लुकेर हिँड्नुपर्ला भन्ने कहिल्यै सोचेको थिइनँ । 

भोलिदेखि मियेकमा बिरामीहरुको ख्याल राख्न एकदम कम स्वास्थ्यविद्हरु बाँकी रहनेछन् । सेनाबाट कुटपिट हुँदा हात, औँला भाँच्चिने र प्रदर्शनका क्रममा टाउको फुट्नेहरुको उपचार गर्न पर्याप्त सर्जन हुने छैनन् । मियेकमा गर्भवती महिलाहरुलाई बच्चा जन्माउन मद्दत गर्ने स्त्रीविद् र ओब्सट्रेटिसियन पनि छैनन् । स्वास्थ्यकर्मीहरु यस आन्दोलनको महत्वपूर्ण हिस्सा रहँदै आएका छन् तर अब उनीहरु पनि बाँकी रहेनन् । 

अर्का पीडित, यानगोनस्थित फिल्म निर्माता मौङले म्यानमार जनआन्दोलनको सुरुवातदेखि नै प्रत्येक दिनका घटनाहरु क्यामरामा कैद गर्ने निर्णय गरेका थिए । प्रदर्शन के कसरी अगाडि बढिरहेको छ भन्ने देखाउन आफू आन्दोलनमा सहभागी हुँदै तस्बिर र भिडियोहरु पनि लिनेगरेको उनले बताए । आफ्नो कथा उनी यसरी सुनाउँछन्– 

त्यो दिन मैले सायदै कहिले बिर्सन सक्छु होला । म यानगोनको बरगाया सडकमा फ्रन्टलाइनमा थिएँ, ब्यारिकेडको पछाडि उभिरहेको थिएँ । सयौँ प्रदर्शनकारीहरुले लोकतन्त्रका स्लोगन चिच्याउँदै बोतल र क्यानहरु ठटाउँदा म मेरो मोबाइल फोनले सबै खिचिरहेको थिएँ । 

यसपछि झन्डै एकसयको सङ्ख्यामा सुरक्षाकर्मीहरु हामीतर्फ आए । त्यसपछि बिना कुनै चेतावनी उनीहरुले गोली चलाउन थाले । म भागेँ र भिडियो खिच्दै सुरक्षित स्थलतर्फ दौडिएँ । हामीमध्ये अधिकांश त्यसबाट छलेर भाग्न सक्यौँ ।

तर अहिले भने म आन्दोलनमा जाँदा हेल्मेट र तातो प्रतिरोध गर्ने पन्जा अनिवार्य लगाउनैपर्छ । हामी मौका पाउँदा आफूमाथि फालिएको टियर ग्यास उनीहरु तिरै फर्काउने प्रयास गर्छौँ । ग्यासयुक्त क्यानिस्टरलाई निस्क्रिय गर्न हामीले त्यसलाई चिसो कपडाले छोप्ने या पानी खन्याउने गर्छौँ । 

तर धेरैले लगाएको ग्यास मास्क सस्तो खालको हुने हुँदा पूर्ण रुपमा सुरक्षा दिन सक्दैन । त्यसैले मुखबाट ग्यास हटाउने सबैभन्दा प्रभावकारी तरिका भनेको पेय पदार्थ कोकाकोला मुखमा खन्याएर धुनु हो । 

निर्माता र प्रदर्शनकारी दुवै भएकाले मैले प्रत्येक दिन यस्ता घटनाका ससाना फिल्म बनाइरहने गरेको छु । अहिले तिनै भिडियोहरुलाई हेर्दा आन्दोलनमा कति ठूलो परिवर्तन आइसक्यो भन्ने मलाई आभास हुन्छ । 

कुनैबेलाको शान्तिपूर्ण प्रदर्शनमा अहिले हामीले ज्यानै गुम्ने जोखिम मोलेर सहभागी हुनु परिरहेको छ । दुनियाँको कुनै फिल्मले यसको वास्तविकतालाई जित्न सक्दैन । बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC