site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्न्यासको संघारमा विराज : खुसीसँगै पीडा पनि
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली फुटबलप्रेमीमाझ परिचित नाम हो, विराज महर्जन । घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा बेग्लै पहिचान बनाएका विराज अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने योजनामा छन् ।

दशरथ रंगशालामा जारी त्रिदेशीय प्रतियोगिताबाट सन्न्यास लिने उनको तयारी छ । विराज घरेलु भूमिमा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्न चाहन्छन् । सन् २००८ बाट अन्तर्राष्ट्रिय फुटबलको यात्रा थालेका उनले त्यसपछि पछाडि फर्केर हेर्न परेन ।

विराजले लकडाउनअघि एकताका सन्न्यास लिने योजना बनाएका थिए । लिएनन् । पछि फेरि अन्तर्राष्ट्रिय खेल खेलेरै अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम लिने सोचे । उनको त्यो योजना विश्वकप फुटबलको छनोट खेलबाट पूरा हुने तरखरमा थियो । तर, विश्वकप छनोट खेल्न नपाउने भएपछि सन्न्यासको योजना सर्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

“अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने मेरो योजना थियो । बीचमा केही समय टिममा परिनँ । टिममा नपर्दा एकताका सन्न्यास लिऊँ झैँ भएको थियो । तर, खेल्ने आँट भने अझै मरेको थिएन । मिहिनेत गरेँ । प्रशिक्षकले टिममा मौका दिनुभयो । अहिले घरेलु मैदानमा नै हुने प्रतियोगिताबाट सन्न्यास लिने भएको छु,” विराजले बाह्रखरीसँग भने ।

विराजलाई पछिल्लोपटक राष्ट्रिय टोलीमा राखिएको थिएन । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय फुटबलमा उपाधि जितेका कारण विराज सफल कप्तान भनेर चिनिन्छन् । उनको कप्तानीमा नेपालले दुई ठूला उपाधि जितिइसकेको छ । बंगबन्धु गोल्डकप र १२औँ सागमा फुटबलको स्वर्णपदक नेपालले विराजकै कप्तानीमा जितेको थियो ।

Global Ime bank

“मैले आफ्नो फुटबल करियरमा नेपालका लागि धेरै सफलता दिलाएको छु । नेपाली टोली र घरेलु दर्शकले पनि मलाई धेरै कुरा दिनुभएको छ । दर्शक र नेपाली फुटबल मेरो फुटबल करियरको मुख्य विन्दु हुन् । उनीहरुसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिन पाउनु मेरो लागि खुसीको कुरा हो । दर्शक र अन्तर्राष्ट्रिय फुटबलबाट टाढा हुनु मेरो लागि पीडाको कुरा पनि हो,” उनले भने ।

नेपाली सिनियर फुटबल टिमले करिब ६ वर्षपछि दशरथ रंगशालामा फुटबल खेल्दै छ । विराज टिममा छन् । प्रशिक्षकले राम्रो अवसर दिएको विराज बताउँछन् । घरेलु दर्शकमाझ अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिन पाउनु सुखद् पक्ष भएको उनको भनाइ छ ।

उनका अनुसार सन्न्यास लिने समयमा प्रशिक्षकले उनलाई कप्तानीको अवसर पनि दिने बताएका छन् । आफूलाई टिमका सहकर्मीहरुले पनि लामो समय साथ दिएको र उनीहरुसँगै खेलेर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिन पाउने कुराले खुसी बनाएको विराज बताउँछन् ।

“लामो समय फुटबलमा बिताएँ । फुटबलका सबै कुराहरु मिस हुनेछन् । फुटबल, समर्थक, मैदानदेखि मैदानबाहिर फुटबल समर्थकको माया । उनीहरुसँगको सम्बन्ध आदि सबै कुराले मलाई याद दिलाइ रहनेछ । किनकि, आजसम्म म जे छु, त्यो फुटबलले नै दिएको हो,” विराजले भने ।

क्लब करियर 
वि.सं. २०७६ मा मच्छिन्द्र क्लबले ‘ए’ डिभिजन लिग जित्दा विराज महर्जन मुख्य खेलाडी थिए । लिगमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उपाधि दिलाए । मनाङ–मर्स्याङ्दी क्लबबाट उनी मच्छिन्द्र पुगेका हुन् ।

सन् २००७ मा घरेलु क्लब थ्रीस्टारबाट लिग खेलेका उनले सन् २०१२÷१३ मा थ्रीस्टारबाट लिग जित्न सफल भए । उनको क्लब यात्रा थ्रीस्टारबाटै सुरु भएको थियो ।

विराज सन् २०१६ मा मनाङ–मर्स्याङ्दीमा अनुबन्ध भए । ०७५ सालमा मनाङको लागि लिग उपाधि जिते । ०७६ मा मच्छिन्द्र पुगे । क्लब करियरमा भने विराजलाई अझै केही समय देख्न पाइनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC