site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
फागुन मसान्तसम्म राजस्व : लक्ष्यभन्दा ३ प्रतिशत पछाडि
अर्थमन्त्री विष्णु पौडेल ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७/७८ को दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गरिएको जानकारीअनुसार ०७७ फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ । जुन फागुनसम्मको लक्ष्यको तुलनामा ९७.८० प्रतिशत हो ।

०७७ साल चैत्र ११ गतेसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ ले पारेको प्रभावबीच राजस्वको लक्ष्य पूरा हुनेमा दुविधा नरहेको बताए । पर्यटनबाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फर्किसकेको भन्दै अर्थमन्त्री पौडेलले लक्ष्यभन्दा बढी राजस्व असुल्ने गरी परिणाम निकाल्न निर्देशन दिए ।

राजस्वसचिव रामशरण पुडासैनीले आर्थिक गतिविधिहरु बढेको भन्दै राजस्वको लक्ष्य पूरा नगर्ने छुट नभएको बताए । बैठकमा प्रस्तुत जानकारीअनुसार चालु आवको फागुन महिनासम्ममा चालुतर्फ ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ, जुन वार्षिक बजेटको तुलनामा ४८.१८ प्रतिशत हो । यस्तै, पुँजीगततर्फ ७९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा २२.४४ प्रतिशत हो ।

Global Ime bank

अर्थमन्त्री पौडेलले दुरुपयोग हुन नहुने, प्राथिमकता निर्धारणमा चुक्न नहुने र समयमा खर्च गर्ने परिपाटी जरुरी रहेको भन्दै खर्च गर्ने प्रणालीमा रहेका बन्धनहरुलाई हटाउन आवश्यक रहेको बताए ।

अर्थसचिव शिशिरकुमार ढुंगानाले पूर्वनिर्धारित कार्यक्रमानुसार खर्च बढाउनका लागि सबै निकाय विशेष सक्रिय हुन जरुरी रहेको बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले योजना बनाउँदा नै विशेष ध्यान दिन आवश्यक रहेको भन्दै सहजीकरणका लागि अर्थ मन्त्रालयले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई सामाना गर्नका लागि सहुलियत कर्जा, पुनर्कर्जा, व्यवसायिक निरन्तरता कर्जालगायतका कार्यक्रमहरु ल्याइएको भन्दै सबैको मिहिनेतबाट उपलब्धिहरु हासिल भएको बताए ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले समग्रमा वित्तीय स्थिति सकारात्मक रहेको जानकारी प्रस्तुत गरे । बैठकमा उनले दोश्रो चौमासिक प्रगति समीक्षा र चुनौतीहरुसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC