site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के हो पठाओ र ट्याक्सीबीचको विवाद ? सेवा निरन्तर सञ्चालनमा  
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्ला दिनमा लगातार पठाओ र ट्याक्सी चालकबीचको विवादका कारण बुधबारदेखि पठाओ बन्द गर्ने प्रहरी तयारी थियो ।

सामाजिक सञ्जालदेखि मिडियाबाट प्रहरीलाई बढेको दबाबका कारण आफ्नो निर्णयबाट पछि हट्न प्रहरी बाध्य भयो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार दिनभर अनलाइन पठाओ एप बन्द गर्ने तयारी गरेको थियो । तर, पठाओ राइडरहरुले सेवा बन्द गरेनन् । 

Agni Group

पठाओ कम्पनीकै सम्झौतामा महाशाखाले पठाओ प्रयोगकर्ता ठगिन र अफलाइन पठाओ हटाउन दिनभर दौडधुप गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारी बताउँछन् ।  

पठाओ कम्पनीले आफ्ना राइडरहरुलाई पत्र काट्दै पठाओको कपडा नलगाउन निर्देशन दियो । सडकमा त्यसको प्रभाव देखियो, पठाओको ड्रेस कोड लगाउने राइडर खासै देखिएनन् । 

Global Ime bank

पठाओ कम्पनी नेपालले पठाओमा दर्ता नभएका राइडरले ट्याक्सीलाई ‘ओभरटेक’ गर्दा विवाद भएको बताएको छ । 

पठाओ कम्पनीकी मार्केटिङ म्यानेजर सुरक्षा हमाल पठाओको कपडा लगाउँदै एपमा अफलाइन बसेर सेवा दिने राइडरले कम्पनीको बदनाम गराएको बताउँछिन् । उनी लगातार ट्याक्सी चालक र पठाओ राइडरबीच झडप भइरहेको बताउँछिन् । 

के हो पठाओ र ट्याक्सी चालकको विवाद

ट्याक्सी चालकसँग ग्राहकले कुरा गरिरहेका बेला पैसाको कुरा नमिल्दा पठाओमा जान लाग्दा झडप हुँदै आएको म्यानेजर हमाल बताउँछिन् । ‘‘यतिखेर ट्याक्सी चालकले पठाओलाई ग्राहक खोसेको भन्दै कुटपिट गर्न थालेका छन्,” उनले भनिन् ।

राइडर पनि असन्तुष्ट 

पठाओ राइडर भने कम्पनी जिम्मेवार नहुँदा यस्ता घटना घट्दै आएको बताउँछन् । पठाओ राइडर मनोज बुढाथोकीले पठाओ कम्पनीले आफ्नो फाइदा मात्रै हेरेको बताए । 

‘‘पहिला कम राइडर हुँदा जहाँ त्यही अनलाइन ग्राहक भेटिन्थे । अहिले कम्पनीमा राइडर बढेका छन् । यति मात्रै होइन लुकिछिपी अफलाइन यात्रु बुकिङ गर्नेलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन,” उनले भने, ‘‘पठाओ कम्पनीले अनलाइन प्रणालीबाट यात्रु ओसार प्रसार गर्ने नियम छ । हामी अनलाइनबाटै पठाओ ओसारप्रसार गर्छौं । कम्पनीमा दर्ता भएका पठाओले कम्पनीलाई २० प्रतिशत रुपैैयाँ बुझाउछौँ । दर्ता नभएका राइडरले डबल फाइदा उठाइरहेका छन ।” 

कालो नम्बर प्लेट र रातो नम्बर प्लेटमा फरक

सरकारको नियममा कालो नम्बर प्लेटले मात्रै भाडामा मानिस बोक्न पाउने उल्लेख छ । कालो नम्बर प्लेट अन्तर्गत ट्याक्सी, सार्वजनिक सवारी साधन पर्छन् । दैनिकजसो ट्याक्सी व्यवसायी र पठाओबीच घम्साघम्सी परिहन्छ । सरकारले पठाओ र टुटल सम्बन्धी कुनै नीति नियम बनाएको छैन । पठाओले ट्याक्सीका यात्रु खोसेको ट्याक्सी व्यवसायीको गुनासो छ । 

पठाओ कम्पनीकी म्यानेजर हमाल पठाओको कपडाको कारणले अफलाइन यात्रु बोक्ने र यात्रु असुरक्षित हुने गरेको बताउँछिन् । ‘‘अब यस्ता किसिमका विकृति हटाउन राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याएका छौँ । आजैदेखि लागु हुनेगरी सबै राइडरलाई अनलाइनमार्फत जानकारी गराएका छौँ । यसले अफलाइन यात्रु बोक्ने प्रचलन हट्नेछ । यात्रुको सुरक्षा हुने अपेक्षा गरेका छौँ ।” 

अफलाइन यात्रु बोक्ने, यात्रुको बिमा नहुने जस्ता समस्या बढ्दै गएकाले पठाओ कम्पनीको ध्यानाकर्षण भएको उनको भनाइ छ  ।  यात्रु ठग्ने सडकमा अवरोध गर्ने पठाओ राइडरलाई कारवाही गर्दै आएको महाशाखाका प्रवक्ता अधिकारी बताउँछन् । ‘‘हामीले पठाओ कम्पनीलाई व्यवस्थित रुपमा पठाओ सञ्चालन गर्न अनुरोध गरेका छौँ । यदि अव्यवस्थित रुपमा पठाओले अवरोध गर्‍यो भने हामी जोकोहीलाई कारबाही गर्छौं,” उनले भने, ‘‘हामीले त सडक प्रयोगकर्ताका लागि सहज वातावरण मिलाउने मात्रै हो । यसको बन्दोवस्त सम्बन्धित निकायले गर्ने हो । सबैखाले सवारी साधनले  ट्राफिक नियम विपरित गए कारवाही गर्ने हो ।”

पठाओ राइडरले कमाएको रकमको २० प्रतिशत हिस्सा कम्पनीलाई दिनुपर्छ । पठाओ कम्पनीमा दर्ता भएका ट्याक्सी, मोटरसाइकल र स्कुटर गरी करिब एक लाख राइडर छन् ।

कम्पनीले पठाओ सेवा निरन्तर सुचारु गरिरहेको छ । 

 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC