site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हाम्रो पात्रो एप एक करोड डाउनलोड 
Ghorahi CementGhorahi Cement

काठमाडौं । हाम्रो पात्रोको डाउनलोड एक करोड पूरा भएको कम्पनीले जनाएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पूरा गरेको हो ।

यससँगै हाम्रो पात्रो नेपाली प्रयोगकर्तामाझ एक करोड डाउनलोड हुने पहिलो नेपाली एप बनेको कम्पनीले जनाएको छ । यो अवसरमा एपका संस्थापक शंकर उप्रेतीले प्रयोगकर्ता, साझेदार र हाम्रोपात्रो टिमलाई धन्यवाद व्यक्त गरे । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ उनले भने । 

Agni Group

अहिले हाम्रो पात्रो एप नेपाली माझ सबैभन्दा धेरै प्रयोग हुने र डाउनलोड बनेको छ । एपका प्रयोगकर्ता मध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने सात प्रतिशत आईओएसमा छन् । 

हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता एक दर्जन फिचर समावेश छन् ।

Global Ime bank

विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, आदि जस्ता  दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ । दैनिक १३ लाख सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७३ लाखमाथि रहेको छ । 

हालै हाम्रो पात्रोमा म्यासेञ्जर समेत थपिएको छ । बेटा भर्सनमै रहेको यो फिचर प्रयोग गर्नेहरुको संख्या एकलाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ । निकट भविष्यमै हाम्रो पात्रोमा म्यासेञ्जरको फुल भर्सन समेत आउनेछ । त्यस्तै आईओएस प्रयोगकर्ताले समेत म्यासेञ्जर प्रयोग गर्न पाउने कम्पनीका संस्थापक उप्रेतीले बताए । 

हाम्रोपात्रोमा देशका प्रमुख ८० भन्दा बढी अनलाइन न्युजपोर्टल र चार सयभन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली, अंग्रेजी सहित एप सात वटा फरक भाषामा प्रयोग गर्न सकिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC