site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विश्व क्षयरोग दिवस : ४१ हजार क्षयरोगी अझै उपचारबाहिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रत्येक वर्ष मार्च २४ तारिखलाई विश्व क्षयरोग दिवसको रुपमा मनाइन्छ । नेपालमा पनि आज ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

नेपालमा अहिले एक लाख १७ हजार क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ । सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियान सञ्चालन गर्ने योजना बनाएको छ । स्थानीय तहहरुमा विभिन्न सूक्ष्म कार्यक्रम सञ्चालन गरी क्रमशः सबै पालिकालाई क्षयरोगमुक्त बनाउने केन्द्रको योजना छ । तर, सरकारको लक्ष्यविपरीत नेपालमा क्षयरोगीको संख्या भने वर्सेनि बढ्दै गएको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्थिक वर्ष ०७६÷०७७ मा मात्रै ६९ हजार नयाँ रोगी थपिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले देखाएको छ । त्यसैगरी, विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष निको हुन सक्ने अवस्थाका दुई हजार २०० नयाँ रोगी थपिने गरेका छन् । चालु आर्थिक वर्षमा निको हुन सक्ने तीन हजार ८४ जना बिरामी मात्रै उपचारको दायरामा आएका छन् । जुन कुल रोगीमध्ये १७ प्रतिशत मात्रै हो । बाँकी ८३ प्रतिशतलाई उपचारको दायरामा ल्याउनु अहिलेको प्रमुख चुनौती रहेको केन्द्रले जनाएको छ । समुदायस्तरमा क्षयरोगीको पहिचान सरकारको लागि अर्को चुनौती बनेको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सूक्ष्म योजना तर्जुमा गरी स्थानीय तहहरुलाई क्षयरोगमुक्त घोषणा गर्ने अभियान सञ्चालन गर्ने भएको हो ।   नेपालमा वर्सेनि क्षयरोगका २७ हजार ७४५ जना नयाँ बिरामी देखिने गरेको केन्द्रले जनाएको छ । ४१ हजार रोगी भने अझै पनि उपचारको दायरामा नआएको केन्द्रको तथ्यांक छ ।

Global Ime bank

बजेट छ, जनशक्ति छैन 

चालु आर्थिक वर्षमा क्षयरोग नियन्त्रणका विभिन्न कार्यक्रमको लागि सरकारले ८० करोड रुपैयाँ विनियोजन गरेको थियो । केन्द्रका निर्देशक डा. अनुज भट्टचनका अनुसार क्षयरोग नियन्त्रणका लागि बजेट अभाव छैन । जनशक्ति पनि पर्याप्त छैन । मुलुक संघीय संरचनामा गएसँगै जिल्ला र पालिकास्तरमा क्षयरोगका लागि फोकल पर्सन छैनन् । जनशक्तिको अभावमा पछिल्लो वर्ष क्षयरोगीको उपचार र औषधि वितरण कार्यक्रमसमेत प्रभावित भएको डा. भट्टचन बताउँछन् ।

औषधि व्यवस्थापन र वितरणमा बजेट र जनशक्ति धेरै खर्च हुन्छ । तर, जनशक्तिको अभावमा अहिले लक्ष्यानुरुपको काम गर्न सकिएको छैन । यसले क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियानमा चुनौती थपेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC