site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामसङ 'ए' सिरिजका दुई स्मार्टफोन ए५२ र ए७२ नेपाली बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङ नेपालले आफ्नो ग्योलेक्सी 'ए' सिरिजका दुई नयाँ फोन नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले ए५२ र ए७२ प्रस्तुत गरेको हो ।

कम्पनीले बेस्ट इन सेग्मेन्टअन्तर्गत आफ्नो 'ए' सिरिज परिवारभित्र पावर प्याक्ड फिचरहरु भएको फोन ल्याएको हो । सामसङ नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितका अनुसार नवीनतम विशेषता सुलभ मूल्यमा प्रदान गर्ने उद्देश्यको यी फोन ल्याइएको हो । उचित मूल्यमा नयाँ प्रविधिको प्रयोग गर्ने ग्राहकको चाहनालाई यी फोनले परिपूर्ति गर्ने विश्वास कम्पनीले लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विशेषता
यी फोन बेस्ट इन क्लास ६४ मेगापिक्सेल क्वाड क्यामेराका साथ उपलब्ध छन् । फोनमा प्रयोग भएको क्यामेराले उच्चस्तरीय, सफा एवं स्पष्ट फोटो खिच्ने सामर्थ्य राख्छ । यसका साथै १६ मेगापिक्सलको अल्ट्रा वाइड र ८ मेगापिक्सलको टेलिलेन्स क्रमशः ६४ मेगापिक्सलको हाइ रेज एएफ ओआईएस तथा तीन गुण अप्टिकल जुम एएफ ओआईएस छ । ५ मेगापिक्सलको माइक्रो लेन्सले क्लोजअप फोटो खिच्दा समेट क्रिस्टल क्लियर फोटो खिच्न सक्छ भने ३२ मेगा पिक्सलको फ्रन्ट क्यामराले सेल्फीको दुनियामा छुट्टै नयाँ तहसम्म पुर्‍याउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यी फोनले ४के भिडियोबाट ८ मेगापिक्सलको तस्बीर लिन सकिन्छ । साथै, एआर इमोजी र माइ फिल्टरजस्तो सुविधाको प्रयोग गरेर प्रयोगकर्ताले उत्कृष्ट अनुभव प्राप्त गर्न सक्छन् ।

दुवै फोनले भिभिड डिस्प्ले तथा जीवन्त अनुभव र स्टाइल प्रदान गर्छन् । फोनमा आफूलाई मन पर्ने कार्यक्रम ६.७ इन्चका एफएचडी प्लस सुपर एमोलेड डिस्प्लेमा हेर्न सकिन्छ । यसमा ९० हर्जको रिफ्रेस रेट छ, जसले गर्दा स्क्रोलिङमा छुट्टै अनुभव पाइनेछ । उज्यालोमा पनि स्पष्ट चित्र हेर्न फोनमा ८ सय निट लुमिन्यान्स छ । यसको साथै स्मार्टफोनको प्याटनर्सलाई आधार बनाएर डिस्प्लेको कलर तथा टेम्परेचरलाई स्वतः एडजस्ट हुन्छ, जसले गर्दा मोबाइल चलाउँदा आँखा थाक्दैन ।

Global Ime bank

दुवै फोन बिल्ट–इन सामसुङ केनक्सका साथ उपलब्ध छ, जसले सामसङको डिफेन्स–ग्रेड सुरक्षा प्रणाली प्रदान गर्छ । ए७२ मा ५ हजार तथा ए५२ मा ४५ सय एमएएचको ब्याट्री दिइएको छ ।

स्टेरियो स्पिकर र १ टीबीसम्म मेमोरी बढाउन सकिने सुविधा फोनमा छ । स्टेरियो स्पिकरका साथ डल्बी एटमोसले उच्चस्तरीय ध्वनिको अनुभव प्रदान गर्छ । दुवै फोनले सफ्टवेर अपग्रेडको सुविधा पनि प्रदान गर्छन् ।  थ्री जेनरेसन, कम्तीमा ४ वर्षसम्मको लागि सेक्युरिटिज अपडेटजस्ता सुविधा यी फोनमा छन् ।

असम भायोलेट, असम ब्लु, असम ब्ल्या गरी तीन आकर्षक रङमा उपलब्ध ए५२ को मूल्य ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ए७२ को मूल्य ५१ हजार ९९९ कायम गरिएको छ ।

यी फोनमा ८ जीबी र्‍याम र १२८ जीबी रोम छ । ८ जीबी र्‍याम र २५६ जीबी भेरियन्टको ए७२ को मूल्य भने ५६ हजार ९९९ कायम गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC