site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
एस्ट्राजेनेका खोप अधिक प्रभावकारी र सुरक्षित पुष्टि 
Sarbottam CementSarbottam Cement

बीबीसी । लामो समयदेखि प्रतिक्षा गरिएको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको अमेरिकी ट्रायलको नतिजा सार्वजनिक भएको छ जसमा यो खोप अधिक प्रभावकारी र सुरक्षित पुष्टि भएको छ । यो ठूलो स्तरको ट्रायलमा अमेरिका, चिली र पेरुबाट ३२ हजार स्वयमसेवकहरुलाई सहभागी गराइएको थियो । 

ट्रायलमा यो खोप, लक्षणयुक्त कोभिड संक्रमणलाई रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको र गम्भीर बिरामी हुनबाट जोगाउनमा चाहिँ सय प्रतिशत काम गर्ने पत्ता लागेको हो । त्यस्तै रगत जम्ने सम्बन्धी सुरक्षालाई लिएर पनि यसमा कुनै समस्या नभएको पाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो खबरसँगै युरोपेली राष्ट्रहरुले ढुक्क भएर एस्ट्राजेनेका खोपको प्रयोगलाई निरन्तरता दिन सक्नेछन् । यसअघि विभिन्न देशमा यो खोप लगाइसकेपछि रगत जम्ने समस्या हुन्छ भन्ने खबर आउँदा खोपको प्रयोग स्थगित गरिएको थियो । हिजो मात्र युरोपको औषध निरीक्षक विभागले पनि एस्ट्राजेनेका खोपलाई सुरक्षित र प्रभावकारी भएको निष्कर्ष सार्वजानिक गरेको थियो । 

अमेरिकी ट्रायल कोलम्बिया युनिभर्सिटी र युनिभर्सिटी अफ रोचेस्टरका विज्ञहरुले एस्ट्राजेनेका कम्पनीसँग मिलेर संयुक्त रुपमा सञ्चालन गरेका हुन् । यो ट्रायल काभिडका कारण बिरामी हुनबाट जेष्ठ नागरिकलाई समेत बचाउन सक्ने सुनिश्चित गर्न समेत उपयोगी हुने बताइएको छ । 

Global Ime bank

प्रमाणको अभावमा यसअघि धेरै राष्ट्रहरुले यो खोपलाई ६५ वर्ष भन्दा माथिको उमेरका मानिसमा प्रयोग गर्न स्वीकृती दिएका थिएनन् । 

तर यो ट्रायलमा एक चौथाइ भन्दा धेरै स्वयमसवकको उमेर ६५ माथि रहेको थियो जसलाई चार हप्ताको अन्तरमा दुईवटा डोज दिइएको हो । 

यसले उनीहरुलाई अन्य युवा वर्ग जत्तिकै सुरक्षा दिलाएको थियो । बेलायतमा मात्र हरेक दिन हजारौँका सङ्ख्यामा मानिसहरुले एस्ट्राजेनेका खोप लगाइरहेका छन् । 
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ०७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC