site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डलर र पश्चिमी भुक्तानी प्रणालीको विकल्प खोज्न रुस–चीन छलफल गर्दै
Ghorahi CementGhorahi Cement

मस्को । अमेरिकी डलर र पश्चिमी भुक्तानी प्रणालीमाथिको निर्भरता कम गर्ने विषयमा छलफल गर्न रुसका विदेशमन्त्री सर्जी ल्याभरोभ चिन प्रस्थान गरेका छन् । अमेरिकासँग रुस र चीन दुबै देशको सम्बन्धमा चिसोपन देखिँदा हुन लागेको दुई दिने भ्रमणका क्रममा दुई देशबीच यस विषयले मुख्य स्थान पाउने अपेक्षा गरिएको छ ।

शुक्रबार चीन र अमेरिकी अधिकारीहरुबीच अलास्कामा भएको छलफलका क्रममा अमेरिकाले चिनमाथि हङकङ र तिब्बतको मामलाका साथै साइबर हमला र मानव अधिकार हननको आरोप लगाएको थियो । यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष भएको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हत्यारा’ भनेका थिए ।

Agni Group

चिनियाँ सञ्चारमाध्यमसँग कुरा गर्दै ल्याबरोभले भने, “अमेरिकी ‘प्रतिबन्ध’को प्रभाव कम गर्न हामी प्राविधिक रुपमा आत्मनिर्भर हुन आवश्यक छ । त्यसका लागि डलरको विकल्प खोज्न आवश्यक छ ।”

पश्चिमी राष्ट्रहरुको नियन्त्रणमा रहेको रकम भुक्तानी प्रणालीलाई समेत परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC