site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सरकारी सेनाको आक्रमणमा सिरियामा ६ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

दमास्कस । दक्षिण–पश्चिम सिरियामा सरकारी सेनाको आक्रमणमा एक बालकसहित कम्तिमा ६ नागरिकको मृत्यु भएको छ । अतरिब सहरमा आइतबार भएको आक्रमणमा ५ स्वास्थ्यकर्मीसहित १६ जना घाइते भएका इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी)लाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

घाइतेहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । आक्रमणपछि अस्पतालको सेवा बन्द भएको छ । सन् २०२० मार्चमा रुस र टर्कीबीच युद्धविराम घोषणा भए पनि यो आक्रमण भएको समाचारमा उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यहाँको स्वास्थ्य क्षेत्र लक्षित गरी भएको यो पाचौं आक्रमण हो । सन् २०१९ को पहिलो महिनादेखि हालसम्म स्वास्थ्य क्षेत्रमा भएको आक्रमणको संख्या ११८ पुगेको छ ।

“स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रिय कानुनले संरक्षण गरेको छ र यसलाई संकटको समयमा ‘स्वर्ग’का रुपमा लिइन्छ,” सिरियास्थित आईआरसीका निर्देशक रेहाना जवारले भनेका छन्, “तर युद्ध समाप्त भएको १० वर्षपछि पनि सिरियामा यस्तो अवस्था छैन । स्वास्थ्य सेवामा अहिलेसम्म झण्डै ६ सय आक्रमणका घटना दर्ता भएको छ ।”

Global Ime bank

यो महिनाको सुरुमा आईआरसीले एक रिपोर्ट सार्वजनिक गर्दै अस्पतालहरु कसरी सुरक्षित क्षेत्रबाट खरतनाक क्षेत्रमा परिणत भए भन्ने कुरा प्रष्ट पारेको थियो । रिपोर्टअनुसार यहाँका ७० प्रतिशत स्वास्थ्यकर्मीले देश छाडेका छन् भने झण्डै कुल संख्याको आधा अस्पतालहरु मात्र सञ्चालनमा छन् । एक चिकित्सकले दश हजार सिरियाली नागरिकलाई सेवा दिइरहेका रिपोर्टमा जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC