site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकले १३ वर्ष मुनिका बालबालिकाका लागि ‘इन्स्टाग्राम’ बनाउँदै 
Sarbottam CementSarbottam Cement

वासिङटन । फेसबुकले आफ्नो फोटो शेयरिङ एप, ‘इन्स्टाग्राम’ को नयाँ भर्जन निर्माण गरिरहेको छ जुन विशेष रुपमा १३ वर्ष भन्दा मुनिका बालबालिकाका लागि हुने बताइएको छ । आगामी पीढीका इन्टरनेट प्रयोगकर्ताका लागि भनेर फेसबुकले आफ्नो लोकप्रिय एपको नयाँ भर्जन निर्माण गर्न लागेको बताएको छ । यसबारे कम्पनीले बिहिबार नै घोषणा गरेको थियो तर यो अझै लन्च चाहिँ भएको छैन । इन्स्टाग्राममा अहिले प्रयोगकर्ताहरुले १३ वर्षको उमेर पार गरेको हुनैपर्ने नीति रहेको छ । 

फेसबुकले इन्स्टाग्रामलाई दश वर्ष अगाडि १ अर्ब डलरमा खरिद गरेको थियो जुन अहिलेका युवा पीढीहरुमाझ सबैभन्दा चर्चित सामाजिक संजाल प्लेटफर्म बन्न पुगेको छ । अर्कोतर्फ कम्पनीको मुख्य एप, फेसबुकको प्रयोग चाहिँ पछिल्ला केही वर्ष युवाहरुमा घट्दो रहेको पाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसबारे फेसबुकका प्रवक्ता जो ओसबर्नले भने, “हिजोआज धेरै बालबालिकाहरुले आफ्ना अभिभावकलाई साथीहरु माझ पछि नपर्न मद्दत गर्नका लागि एप चलाउन अनुमति माँगिरहेका छन् । र अभिभावकसँग हाल धेरै विकल्पहरु छैनन् । त्यसैकारण हामी आफ्ना सेवाहरु बढाउने सम्बन्धी काम गरिरहेका छौँ । सो एप बालबालिकका लागि उपयुक्त हुनेछ र तिनका अभिभावकले सञ्चालन अनि व्यवस्थापन गर्न सक्नेछन् । हामीले ‘म्यासेन्जर किड्स’ यसरी नै चलाइरहेका छौँ । र इन्स्टाग्राममा पनि हामीले अभिभावकको नियन्त्रणमा बालबालिकाले आफ्ना साथीहरुसँग नयाँ अनुभव प्राप्त गरुन् भन्ने चाहान्छौँ । यसमार्फत उनीहरुले नयाँ कुरा सिक्ने र साथीहरुसँग रमाइलो समय बिताउन पाउनेछन् ।”

‘म्यासेन्जर किड्स’ फेसबुकको म्यासेजिङ एपकै अर्को भर्जन हो जुन बच्चाहरुले चलाउने गर्छन् र यसमा पनि अभिभावकको सहभागीता हुन्छ । तर यसअघि केही बच्चाहरुले बाबुआमाले स्वीकृत नगरेका व्यक्तिसँग पनि च्याट गर्न पाउने गरेको पत्ता लागेपछि एपमा गम्भीर समस्या देखिएको हो । यो घटना पश्चात् प्राविधिक निरीक्षकहरुले यो एप बालबालिकालाई सुरक्षित राख्न पर्याप्त नभएकामा चिन्ता जनाएका थिए ।  टाइमबाट 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC