site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बाइकरले युवती बनेर सबैलाई झुक्याएपछि...
Sarbottam CementSarbottam Cement

बीबीसी । जापानमा मोटोरबाइक चलाएर पोज गर्दै गरेकी एक युवतीका तस्बिरहरु अचानक सामाजिक संजाल प्रयोगकर्तामाझ चर्चामा आउन थाल्यो र ट्वीटरमा मात्र हजारौँ लाइक पाइरहेको थियो । तर केही मानिसहरुले उनका तस्बिरहरुमा अनौठा कुरा देखे र त्यसको जाँच गर्न थाले जसपछिको खुलासाले सबैको होस उडाएको हो । 

ती युवतीलाई फलो गर्ने केही मानिसहरुले एक तस्बिरमा उनका हातमा एकदम धेरै रौँ देखे भने अर्का एकजनाले चाहिँ ऐनामा उनको फरक अनुहार देखिएको कुरा बताए । यसपछि एक टेलिभिजन कार्यक्रमले ती ट्वीटर प्रयोगकर्ता त वास्तवमा युवती नभएर ५० वर्षीय पुरुष भएको खुलासा गरेको हो । जोङ्गु नामक ती व्यक्तिले कार्यक्रममा आफूले फोटो एडिटिङ एपको प्रयोग गरेको स्वीकार गरेका हुन् । 

कार्यक्रममा जोङ्गुले सामाजिक संजालमा आफ्नो उपस्थिति बलियो बनाउनका लागि त्यस्तो गरेको बताएका छन् । उनका अनुसार मानिसहरुले बाइकको अगाडि बूढो अंकल भन्दा पनि सुन्दर युवती हेर्न रुचाउने विश्वासमा उनले त्यस्तो गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “कसैले पनि एक मध्यम उमेरको पुरुषले मोटरसाइकल अगाडि तस्बिर खिचेर पोस्ट गरेको कुरा पढ्दैन या हेर्दैन ।” 

यसरी एडिटिङ एप जस्तै फेसएपबाट प्राप्त नतिजाले पहिले त आफैँ आश्चर्य चकित भएको पनि उनले बताए । उनले भनेका हुन्,

Global Ime bank

“मैले पहिलोचोटी प्रयास गर्दा यसले मलाई एकदम सुन्दर महिला जस्तो देखायो । मैले त्यसमा एक हजार बढी लाइक पाएँ । यो भन्दा अगाडि मलाई १० वटा लाइक मात्र आउँथ्यो । यसले मलाई हौसला दिलायो र मैले बिस्तारै अझ धेरैवटा राम्रा र आकर्षक तस्बिरहरु पोस्ट गर्दै गएँ ।” 

जोङ्गुको यो ठूलो खुलासाप्रति उनका १९ हजार फलोअरहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनका एक प्रशंसकले लेखे, “तपाईँको टिभी शो हेरेपछि म तपाईँको फ्यान भएँ ।” अर्काले लेखेका हुन्, “तपाईँसँग उत्कृष्ट क्षमता छ ।” 

फेसएप जस्ता एडिटिङ सफ्टवेयरहरले प्रयोगकर्ताको बाहिरी आकृति र अनुहारमा अनेकौँ परिवर्तन ल्याउन सक्छ । जस्तै यसमार्फत हामीले आफ्नो तस्बिरलाई युवा या वृद्ध जस्तो देखाउन सक्नेछौँ । तर, यसअघि अमेरिकाको एफबीआइले यो टुलले गोपनीयताको अधिकार उल्लंघन गरिरहेकाबारे चेतावनी दिएको थियो र रुसले विभिन्न ढङ्गमा दुरुपयोग गर्नका लागि यो एप निर्माण गरेको दाबी गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC