site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘स्मार्ट सिटी’ बन्दै छ ललितपुर, संस्कार सिकाउँदै नगर प्रहरी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर महानगरपालिका ‘स्मार्ट सिटी’तर्फ अग्रसर देखिन्छ । महानगरले स्मार्ट सिटीका योजना अघि बढाएको छ ।

के हो स्मार्ट सिटी ? 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन स्मार्ट सिटीअन्तर्गत स्वच्छ वातावरण, तालतलैया, पोखरी, हरियाली, बाइसाइकल लेन, पूर्वाधार विकास, सरसफाइ, विद्युत् तार व्यवस्थापन, फुटपाथ व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायतका नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने विषय पर्ने बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मेयर महर्जन भन्छन्, ‘‘गत आर्थिक वर्षमा पूर्वाधार विकासअन्तर्गत महानगरभित्रको ६.८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । ७.६ किमि सडक मर्मत–सम्भार भएको छ । स्मार्ट सिटीलाई ध्यानमा राख्दै हरियाली महानगर कायम राख्न १५ वटा पार्क निर्माणको काम सम्पन्न भएको छ । १० वटा सिँचाइ योजना सम्पन्न भए । आठवटा ऐतिहासिक पोखरी पुनर्निर्माण भए । महानगरवासीका लागि खुला पार्क बनाइएका छन् ।”

साढे ३२ किमि साइकल लेन विस्तार 

Global Ime bank

ललितपुर महागरपालिकाले महानगरभित्र साढे ३२ किलोमिटर साइकल लेन विस्तार गरेको छ । उनका अनुसार साइकल लेनको सय ठाउँमा साइकल स्ट्यान बनाइएको छ ।

‘‘ललितपुरमा पहिलो र दोस्रो चरणमा साइकल लेन बनाइएको छ । साइकल लेनले ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउँछ,” उनले भने । अबको चरणमा चक्रपथमा साइकल लेन बनाउने योजना महानगरको छ ।

तीन स्थानमा स्मार्ट लाइट

महानगरले ललितपुरका तीन स्थानमा स्मार्ट लाइट जडान गरेको छ । साँझ–बिहानको समयमा उक्त लाइटले सहर सुन्दर देखाउँछ । दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्छ ।

बढी भिडभाड हुने क्षेत्रमा ‘वान वे’ 

महानगरपालिकाले मानिसको बढी भिडभाड हुने क्षेत्रमा ‘वान वे’ प्रणाली लागु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा वान वे लागु गरिएको हो ।

शंखमूलदेखि लगनखेलसम्म तार भूमिगत र ढल व्यवस्थापनको काम भएको उनले बताए । उनले भने, ‘‘यो स्मार्ट सिटीको योजना यसै अगाडि बढेको भने होइन ।”

महानगरले सिटीनेटको ३८औँ कार्यसमितिको बैठक आयोजना गर्दा २७ देशका मेयर, उपमेयर काठमाडौं आएका थिए । विदेशी मेयर नेपाल भ्रमणमा आएको मौकामा मेयर महर्जनले स्मार्ट सिटीको योजना सुनाए । जसको देन साइकल लेन, सडकका वान वे, साना सडक व्यवस्थापन, फुटपाथ व्यवस्थापन, पार्क निर्माण, होर्डिङ बोर्ड व्यवस्थापन, बिजुलीका तार र ढल व्यवस्थापन, ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा सहयोग मिलेको छ ।

संस्कार सिकाउँदै नगर प्रहरी !

महानगरवासीको सहजकर्ताको भूमिकामा नगर प्रहरीको टोली खटिएको देखिन्छ । ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथु महानगरभित्र मापदण्डविपरीतका होर्डिङ बोर्ड हटाइएको बताउँछन् । ‘‘होर्डिङ बोर्डले महानगर कुरुप बन्दै गएको थियो । मेयर सा’बले स्मार्ट सिटीको योजना अगाडि बढाएपछि हामी पनि यस्ता कुरामा ध्यान दिन थाल्यौँ । खम्बामा पोस्टर, पम्प्लेट टाँस्न नपाइने गरी विद्युत्का पोलमा ६ फिटसम्म हरियो रङ लगाउने काम अघि सारेका छौँ,” हाछेथुले भने, ‘‘महानगरमा फुटपाथ व्यवस्थापनको लागि समय तोकेका छौँ । हामीले फुटपाथ उठाउने होइन, व्यवस्थापन गर्ने हो । महानगरवासीलाई संस्कार सिकाउने हो । हामीले हप्ताको एक दिन महानगरभित्र रहेका मठमन्दिर सरसफाइ गर्छौँ । झारपात उखेलेर मन्दिरको सौन्दर्य दिन्छौँ । महानगरवासीका लागि नगर प्रहरीको एप सार्वजनिक गरेका छौँ । महानगरमा अनधिकृत रुपमा केही घटना भए तुरुन्तै त्यहाँ पुगेर समस्या समाधान गर्दै आएका छौँ ।”

सहरको सौन्दर्य बढाउन हरियाली अभिवृद्धि गर्ने गरी योजना तयार पारेको महानगरले जनाएको छ । इलेक्ट्रिक भेइकललगायतका योजना पनि महानगरको छ । महानगरले प्रदान गर्ने सेवालाई प्रविधिमैत्री बनाउन अनलाइन प्रणालीको योजना समेत अघि सारिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC