site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिजोकै सोच र शैलीले प्रहरी माथि पुग्न सक्दैन : मुख्यमन्त्री पौडेल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बनेपा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठनिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताएका छन् ।  

काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको ‘वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयको कार्यसम्पादन समीक्षा एवं आगामी रणनीति निर्धारण कार्याशाला गोष्ठी’मा उनले त्यसतर्फ सरकारको ध्यान जाने बताए । तीन तहका सरकारको आ–आफ्न काम गर्ने कार्यक्षेत्र संविधानले नै व्यवस्था गरेकाले समायोजन भएर नआएसम्मका लागि त्यसको व्यवस्थापनको पहिलो दायित्व सङ्घीय सरकारको भएको उनले बताए । उनले समायोजन भइसकेपछि वाग्मती प्रदेशले प्रहरीका लागि धेरै काम गर्न सक्ने बताए । “जस्ताका छाप्रोमा र बहालमा बसिरहेका प्रहरीले साङ्गठनिक अवस्था चुस्त दुरुस्त नभएसम्म सोचेजस्तो काम गर्न सक्दैन”, उनले भने, “भवन निर्माणदेखि गाडी किन्ने कुरामा प्रदेश सरकारले निरन्तरता दिनेछ ।” 

ठूला लगानी एकै पटक गर्न नसकिए पनि ठूलो महत्व राख्ने सामान्य खालका कामका लागि अभावमा रहने अवस्था नहुने मुख्यमन्त्री पौडेलले बताए । त्यससँगै उनले गर्न सक्नेसम्मको अवस्थामा नयाँ प्रविधि जोडेर काम गर्न आवश्यक रहेको बताए । अब हिजोकै परम्परावादी सोच र त्यहीअनुसारका शैलीले माथि पुग्न नसक्ने उनको भनाइ थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC