site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एक इमान्दार नेताको अन्तिम मोड
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । भोजराज घिमिरे भन्ने बित्तिकै ५० नाघेका र पञ्चायत व्यवस्था भोगेका व्यक्तिको मनमा एउटा फरक पात्रको चित्र सामुन्ने आउँछ । एउटा असल व्यक्ति, अत्यन्त इमानदार मन्त्री, कांग्रेसी भएर पनि पञ्चायतमा जनताको मन जित्न सफल एक राजनीतिक नेताको उज्यालो अनुहार । 
ती इमान्दार व्यक्तिले जीवनमा अनेक मोडहरू घुमे । उनले अनेक आरोह र अवरोह सहे । तर, इमान र जमानसँग कहिल्यै सम्झौता गरेनन् । उनलाई सही लागेको कुरामा जो सुकैसँग पनि अडान लिन कहिल्यै पछि परेनन् । राजालाई थाहा थियो,–उनी कांग्रेसी विचारधाराका मान्छे हुन् भन्ने, तर, राजाले उनलाई कहिल्यै अविश्वास गरेनन्, त्यो उनको स्वच्छता र इमान्दारीको नतिजा थियो । 
तर, जतिसुकै सक्षम, इमान्दार, समाजसेवी जे भएखपनि जिन्दगीको मोडहरूमा मोडिदै जाँदा सबैका लागि त्यो अपरिहार्य अन्तिम मोड आइहाल्छ । भोजराज घिमिरेका लागि पनि त्यो अन्तिम मोड आएको तेह्रौं दिन साउन २९ गते परेको छ । 
विक्रम संवत १९८६ माघ १५ गते रामेछाप जिल्लाको बबियाखर्कमा जन्मेर सरकारी जागिरे पिताको जागिरसँगै विद्यार्थी जीवन व्यतित गरेका घिमिरेले अधिकतम पढाई नेपालको सीमा नजिकका भारतीय विद्यालय तथा कलेजमा गएर पुरा गरे । विद्यालय तहदेखि नै राजनीतिको चस्का लागेका घिमिरेलाई कलेज पुग्दासम्म राजनीतिले पुरै घेरिसकेको थियो । कृष्णप्रसाद भट्टराई, होराप्रसाद जोशी जस्ता नेतालाई आफू पढेको विहारको दरभंगा कलेजमा भेटेपश्चात उनले नेपाली कांग्रेसको सदस्यता समेत लिए । राणा विरोधी आन्दोलनमा लागेका नेताको मुख्य सेल्टरनै दरभंगा भएको हुनाले कलेजको पढाई सकुन्जेल उनले धेरै नेतासँगको संसर्ग पाए । २००७ साल देखि नेपाली कांग्रेसमा लागेर अनेक पटक प्रहरीको चंगुलमा परेका घिमिरे २०१२ सालमा पहिलोपल्ट जेल परे । त्यसपछि २०१५ सालमा भएको संसदिय निर्वाचनमा सर्लाहीबाट नेपाली कांग्रेसका टिकट पाएर निर्वाचनमा भाग लिएका घिमिरे थोरै मतले पराजित भए । त्यसपछि राजा महेन्द्रले २०१७ पुस १ गते बीपी कोइरालाको सरकारलाई अपदस्थ गरेपश्चात उनी पनि गिरफ्तारीमा परे । 
तर, २०१८ सालमा काठमाडौंमा भएको बुद्धिजिवी सम्मेलनमा राजा महेन्द्रसँग भेटघाट भएपपछि उनले कांग्रेसी राजनीतिलाई तिलांजली दिएर पञ्चायतमा प्रवेश गरे । पञ्चायतमा राज्यमन्त्री देखि धेरै पद पाएर त्यसबेलाको सबैभन्दा शक्तिशाली मन्त्रालय गृह तथा पञ्चायत मन्त्रीसम्म पनि बने । तर, पञ्चायती मन्त्री भए पनि उनले जनताको अधिकार लागूगर्ने कुरामा सक्दो सहयोग गरे । 
भ्रष्टाचार, नातावाद र कृपावादमा कहिल्यै विश्वास गरेनन् । ञ्चायतकालमा सबैभन्दा स्वच्छ मन्त्रीको रुपमा आफ्नो व्यत्तित्व स्थापित गर्न सक्षम घिमिरे २०४६ सालको जन आन्दोलन पश्चात भने अलमलमा परे । फेरि नेपाली कांग्रेसको राजनीति गर्ने कि पञ्चायती नेतासँगै बस्ने भन्नेमा । यस विषयमा उनले महेन्द्र नारायाण निधिसँग सर–सल्लाह गरे । तर, निधिले दिएको संकेतले उनलाई कांगे्रस प्रवेश गर्न सही लागेन र राष्ट्रिय प्रजातन्त्र पार्टीमा नै लागेर राजनीति गर्ने मनसाय बनाए । पुराना पञ्चायतमा लागेका नेताको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि दुईवटा भयो, लोकेन्द्र बहादुर चन्द तथा सूर्य बहादुर थापाको । घिमिरे थापा समूहमा लागेर राजनीति गर्न थाले । 
जीवनको उत्तरार्धमा उनले पुस्तक लेखे ‘मोडहरूमा म’ । यो पुस्तकले उनको राजनीतिक जीवन र इमान्दार व्यक्तित्वको झलक दिन्छ ।
मोडहरूमा म लेख्ने यी राजनीतिज्ञको जीवनको अन्तिम मोड साउन १७ गते २०७३ सालका दिन ८७ वर्षको उमेरमा सम्पन्न भयो । उनको जीवनको यात्रा त समाप्त भयो तर उनले गरेका राम्रा काम र समाजलाई उनले देखाएको बाटो उनको समाजले भुलेन । उनको तेह्रौं दिनको पुण्यतिथिमा महोत्तरी जिल्ला तथा देशैभरका गण्यमान्य व्यक्तिले उनको प्रशस्तीमा धेरै कुरा गरे र दिवंगत आत्माको चीर शान्तिको कामना गरे ।
श्रद्धाञ्जली सभामा पूर्व प्रधानन्यायाधीश तथा मानव अधिकार आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्यायले भोजराज घिमिरेमा प्रजातान्त्रिक संस्कार रहेको उल्लेख गर्दै गृहमन्त्री हुँदा उनले जनताको हितका लागि काम गरेको बताए । 
अर्का पूर्व प्रधानन्यायाधीश केदार गिरीले भोजराज घिमिरेले उच्च पद धारण गरेपनि आफ्नो जीवनमा कुनै दाग लाग्न नदिएको प्रसंग उल्लेख गरे । अर्का पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले घिमिरेको सरल स्वभाव र स्वच्छ छविले आफूलाई अभिप्रेरित गरेको बताए ।
परिवारका अध्यक्ष किरण विक्रम थापाको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभामा रामसपा अध्यक्ष शरद सिंह भण्डारी, कांग्रेस सांसद् सिताराम भण्डारी, प्रा.डा. वीरेन्द्र प्रसाद मिश्र, प्रा. महेन्द्र नारायण मिश्र, राजनीतिक विश्लेषक सीके लाल, नेका केन्द्रीय सदस्य श्याम घिमिरे, नेफ्सक्युनका अध्यक्ष ऋषिराज घिमिरे, कृष्णविक्रम थापा, नारायण घिमिरे, डा. विजयकुमार रौनीयारलगायतले भोजराज घिमिरेका विषयमा बोलेका थिए ।
श्रद्धाञ्जली सभामा स्वर्गीय घिमिरे प्रति समवेदना प्रकट गर्दै एक मिनेट मौन धारण गरिएको थियो । 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २९, २०७३  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC