site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायलमा निर्वाचनको पूर्वसन्ध्यामा नेतान्याहुविरुद्ध प्रदर्शन
तस्बिर : एएफपी ।
Sarbottam CementSarbottam Cement

जेरुसेलम । निर्वाचन नजिकिँदै गर्दा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरुद्धमा प्रदर्शन चर्किएको छ । निर्वाचनको तीन दिनअघि नेतान्याहुविरुद्ध यहाँका नागरिकले प्रदर्शन गरेका हुन् ।

करिब २० हजार इजरायली नागरिक प्रदर्शनमा सहभागी भएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रदर्शनकारीले सडकमा ड्रम ठटाएर र हर्न बजाएर ७१ वर्षीय नेतान्याहुलाई विस्थापन गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यही मार्च २३ तारिखमा तय भएको निर्वाचनमा यहाँको लिकुड पार्टी सबैभन्दा ठूलो पार्टीका रुपमा चुनिने प्रारम्भिक मतसर्वेक्षणले देखाएको छ । यद्यपि, संसद्मा स्पष्ट बहुमत भने कुनै पार्टीले नल्याउने अनुमान गरिएको छ । यसअघि भएको तीन निर्वाचनमा पनि कुनै दलले बहुमत ल्याउन सकेका थिएनन् ।

नेतान्याहुविरुद्ध भ्रष्टाचार र पदको दुरुपयोगलगायतका विषयमा मुद्दा दायर भएको छ । यद्यपि, उनले सरकारले चलाएको कोरोनाभाइरसविरुद्धको खोप कार्यक्रमले निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्दै आएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC