site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मुम्बइमा भीडभाडयुक्त क्षेत्रमा कोभिड परीक्षण अनिवार्य 
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतको मुम्बइ सहरमा भीडभाडयुक्त क्षेत्रहरुमा अनिवार्य कोभिड परीक्षण गराइने भएको छ । पछिल्लो समय तिव्र रुपमा फैलिरहेको भाइरस नियन्त्रण गर्न सरकारले विभिन्न कडाइ अपनाइरहेको छ । महाराष्ट्रको स्थानीय सरकारका अनुसार शपिङ सेन्टर र ट्रेन स्टेसन जस्ता ठाउँहरुमा अब नियमित ‘र्यापिड टेस्ट’ गराइनेछ । यसमा कसैले टेस्ट गर्न अस्वीकार गरेमा त्यसलाई कानुन उल्लंघन मानिने बताइएको छ । 

शनिबार भारतमा एकैदिन ४० हजार ९५३ कोरोना बिरामी फेला पारिएको थियो । जुन चार महिनाकै उच्च तथ्याङ्क हो । हालसम्म त्यहाँ १ लाख ५९ हजारले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । कोरोनाका १ करोड १५ लाख बिरामी भएको भारतमा पछिल्ला केही हप्ता संक्रमण दर लगातार वृद्धि भइरहेको छ । खोप अभियान जारी छ भने नयाँ बढी संक्रामक किसिमको भाइरस पहिचान गर्न पनि देश संघर्षरत छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सहरका अधिकारीहरुले बताए अनुसार २२ मार्चदेखि भीडभाडयुक्त क्षेत्रमा र्यापिड टेस्ट अनिवार्य हुनेछ । अब नागरिक मुम्बइको व्यस्त ठाउँ प्रवेश गर्नासाथ स्वाब दिनका लागि तयार भएर बस्नुपर्ने स्थानीय निकायका अधिकारीले इन्डिया टुडेसँग बताएका हुन् । यसमा शपिङ सेन्टरमा बाहेक सबै ठाउँमा कोभिड परीक्षण निःशुल्क गरिनेछ । शपिङ सेन्टरहरुमा व्यक्तिगत भुक्तानी गर्नुपर्ने बताइएको छ । परीक्षण गर्न नमान्नेहरु माथि कस्तो कारबाही हुनेछ भन्ने स्पष्ट पारिएको छैन ।
 
स्थानीय निकायले यसका लागि र्यापीड एन्टिजेन टेस्टको प्रयोग गर्ने बताइरहेका छन् तर यसअघिका रिसर्चहरुमा यो परीक्षण विश्वसनीय नहुने देखिएको थियो र कहिलेकाहिँ गलत नतिजा पनि देखाउन सक्ने बताइएको छ । 

भारतमा अहिले बढिरहेको संक्रमण दरका लागि मानिसहरुको लापरबाहीलाई जिम्मेवार ठहर्याइएको छ । कोभिड विरुद्धको सुरक्षाका उपायहरु अपनाउन छाडेकाले नै संक्रमण तिव्र रुपमा फैलिरहेको विज्ञहरुले बताएका छन् । महाराष्ट्र जस्तैगरी केरेला, पन्जाब, कर्नाटक, गुजरात, तामिलनाडु, हर्याना र मध्य प्रदेशमा पनि बिस्तारै भाइरस फैलने क्रम बढिरहेको तथ्यांक छ । यसबीच विभिन्न क्षेत्रमा लकडाउन, स्कुल, रेस्टुरेन्टहरु बन्द गर्नेलगायत नियम अपनाउन थालिसकिएको छ भने अन्य स्टेटहरु यसबारे विचार गरिरहेका छन् । 

Global Ime bank

भारतमा ४ करोड बढीले कोरोना खोपको कम्तिमा एउटा डोज लगाइसकेका छन् जसमा अहिले विशेषगरी जेष्ठ नागरिक र स्वास्थ्य समस्या भएकाहरुलाई प्राथमिकतामा राखिएको छ । सरकारले जुलाइको अन्त्यसम्ममा २५ करोडको समूहमा रहेका यी संवेदनशील वर्गमा खोप लगाइसक्ने लक्ष्य राखेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC