site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतीय पर्यटक आकर्षित गर्न अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा बोर्डसहित २५ कम्पनी सहभागी हुँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोभिड–१९ ले थलिएको नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एन्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ ।

यही मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित विभिन्न २५ वटा कम्पनी सहभागी हुनेछन् । पर्यटन प्रवर्द्धनका लागि पहिले छिमेकी मुलुकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले बताए ।

Agni Group

“भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तर, भारतले अझै धेरै मुलुकहरुका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्दर्भमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौँ,” उनले भने । साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रवर्द्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने उनले बताए ।

पछिल्लोपटक नेपाल–भारत यातायात चालु गर्ने निर्णय गरिएको र यसअघि ‘एअर बबल’ सम्झौताअनुरुप नेपाल–भारत दुवै देशबाट दैनिक दुईवटा हवाई उडानसमेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धन गर्न सहयोगी हुने बोर्डले जनाएको छ ।

Global Ime bank

पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेसन तथा अन्य पर्यटकीयस्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरुपको रणनीतिसमेत बनाएको रेग्मीले बताए ।

कोभिड संक्रमणपछि बोर्डले डिजिटल माध्यमबाट विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रवर्द्धनको काम गरे पनि भौतिक रूपमा सहभागिता जनाउन लागेको यो पहिलो कार्यक्रम हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC