site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निफ्राको स्पष्टीकरण– बन्ड जारी गर्ने विषय नेप्सेमा सूचीकृत हुनुअगाडिकै योजना
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकले बन्ड जारी गर्ने विषय नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुनुभन्दा अगाडिकै योजना रहेको स्पष्टीकरण दिएको छ । नेप्सेलाई लिखित स्पष्टीकरण दिँदै निफ्राले यस्तो जनाएको हो ।

बैंकले ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एक हिस्सा रहेको पनि जनाएको छ । यो विषय पनि बैंकको वार्षिक प्रतिवेदन एवं साधारण सेयरको निष्काशनको लागि तयार गरिएको विवरणपत्रमै रहेको समेत जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, लाभांशको सम्बन्धमा पनि बैंकले सेयर जारी गर्ने समयमै प्रकाशित गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको स्पष्टीकरण नेप्सेलाई दिएको छ ।

नेप्सेले निफ्रालाई बन्ड जारी गर्ने, लाभांश वितरण गर्नेजस्ता विषय सम्बन्धित निकायलाई जानकारी दिनुपूर्व सञ्चारमाध्यममा आएको विषयमा तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC