site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
'फिनल्यान्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी'
Sarbottam CementSarbottam Cement

हेल्सीन्की । फिनल्यान्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी रहेको पाइएको छ । खुसी नागरिकहरुको मुलुकको सूचीमा फिनल्यान्ड अहिले लगातार चौथोपटक सबैभन्दा अगाडि परेको हो ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुसीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत वर्ष विश्वभरि नै कोरोनाभाइरसको महामारी फैलिए पनि फिनल्यान्डका नागरिकको खुसीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एकार्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुसीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनकर्ताहरुका अनुसार फिनल्यान्डपछि धेरै खुसी हुनेमा आइसल्यान्डका नागरिक परेका छन् । नागरिकलाई खुसी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्वीट्जरल्यान्ड तेस्रो र चौथो क्रममा रहेका छन् ।

सूचीमा रहेका अघिल्ला १० देशमध्ये न्युजिल्यान्डबाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् । न्युजिल्याड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४औँ क्रममा रहेको छ भने बेलायत १८औँ नम्बरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि, १७औँ नम्बरमा रहेको जर्मनी यसपटक सातौँ क्रममा परेको छ ।

Global Ime bank

विश्व खुसीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक वर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको समापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC