site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank


अध्ययन अनुसन्धानबाट हिमतालहरू फुटेर नेपालमा अकल्पनीय क्षति हुनसक्ने जोखिम  देखिएकै बेला सरकारको ध्यान भने विश्वकै प्राचीनमध्येको एउटा किराँत संस्कृतिमा पवित्र मानिने ‘खुवालुङ’ फुटाएर पहाडी नदीमा ‘पानीजहाज’ चलाउनमा केन्द्रित भएको  छ । विज्ञका अनुसार दोलखाको च्छोरोल्पा, सोलुखुम्बुको इम्जा र मनाङको ठुलागीलगायतका विभिन्न हिमताल कुनै पनि बेला फुट्न सक्ने जोखिममा छन् ।


संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय केन्द्र (इसिमोड)ले गरेको अध्ययनमा कोसी, नारायणी र कर्णाली जलाधारका हिमशृंखलामा पर्ने ४७ वटा हिमताल फुट्ने जोखिममा देखिएका छन् । तीमध्येमा २१ वटा नेपालमा, एउटा भारतमा र २५ वटा चीनमा पर्छन् । त्यस्ता हिमताल फुटे भने नदी किनारका भौतिक संरचना र बस्तीमा ठूलो जनधनको क्षति हुनसक्छ ।
 
सार्वजनिक भएको जानकारीअनुसार अति जोखिममा रहेको भए पनि  मनाङमा पर्ने ठुलागी हिमतालमा सूचना प्रणालीसम्म पनि जडान गरिएको छैन । दोलखाको च्छोरोल्पा, सोलुखुम्बुको इम्जामा भने तालको अवस्थाको जानकारी दिने सूचना प्रणालीसम्म जडान गरिएको छ । यस्तो सूचना प्रणालीबाट तालमा हुने हलचल र जोखिमको जानकारी पाइने हुनाले जनधनको क्षति कम गर्न सकिन्छ । 
 
एकातिर मर्स्याङ्दी नदीमा जलविद्युत् आयोजना निर्माण गर्ने होड नै लागेजस्तो छ भने अर्कातिर ठुलागीको हिमताल अकस्मात फुट्यो भने बनिसकेकै संरचना बाढीको जोखिममा परेका छन् । केही वर्षयता ठुलागी हिमतालमा पानी अत्यास लाग्दो गतिमा बढ्दै गएको बताइएको छ । यसरी पानी बढ्दै गए तालले चाप धान्न नसकी हिमताल फुटेर हालै भारतको उत्तराखण्डको धौली गङ्गामा आएजस्तै बाढी आउनसक्छ ।

खुवालुङ फुटाइयो भने सांस्कृतिक सम्पदाको अपरणीय क्षति हुन्छ नै नदीको बहाव पनि पक्कै प्रभावित प्रभावित हुन्छ । यसैबाट हुने क्षतिको अहिले अनुमान पनि लगाउन सकिँदैन । उता हिमताल फुटेमा सम्बन्धित जलाधार क्षेत्रमा पर्ने भौतिक संरचना र मानव बस्तीमा बाढीले ताण्डव मच्चाउने सहजै अनुमान गर्न सकिन्छ ।
 
विश्व तापमानमा भएको वृद्धिका कारण हिउँ पग्लन रोक्न नसकिएला तर अन्तर्राष्ट्रिय सहयोगसमेत जुटाएर हिमताल फुट्दा हुने जोखिम कम गर्न भने सकिन्छ ।  यसैले पवित्र खुवालुङ फुटाउन होइन जोखिमपूर्ण हिमतालहरूको व्यवस्थापन गर्न सरकारले प्राथमिकता दिनुपर्छ । बिस्तारै पहिले नै फुटाएर तालको पानी घटाउर जाेखिम कम गर्दै लैजानेलगायतका उपायहरू अपनाउने र जोखिम क्षेत्रका बासिन्दालाई सावधान गराउने कार्य तत्काल सुरु गर्नु आवश्यक देखिन्छ । जनताको जिउधनको रक्षा गर्ने सरकारको पहिलो काम हो भने जानजान यस्ता समस्याको उपेक्षा गर्नु जनविरोधी अपराध हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC