site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति
Sarbottam CementSarbottam Cement

दारेसलाम । तान्जानियामा सामिआ सुलुहु हसन पहिलो महिला राष्ट्रपति भएकी छन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदको शपथग्रहण गरेकी छन् ।

तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गएको बुधबार निधन भएपछि हसन राष्ट्रपति भएकी हुन् । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति सामिआ सुलुहु हसन राष्ट्रपति बनेकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिएकी छन् । संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो चरणको बाँकी अवधिमा काम गर्नेछिन् । सो अवधि सन् २०२५ सम्म रहनेछ ।

जोन मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नेछिन् । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  २२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC