site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शेखर गोल्छाले गरे सरकारको प्रशंसा– कोभिड नियन्त्रण र खोप वितरण उदाहरणीय काम
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत वर्ष यसै समयमा हामी ठूलो अन्योलमा थियौँ । लकडाउनको तयारी हुँदै थियो । त्यति बेला हामीलाई जीवन यति चाँडै लयमा फर्किएलाजस्तो लागेको थिएन । तर, आज हामी धेरैपछि यो जमघटमा उपस्थित हुन पाएका छौँ ।

सर्वसाधारणको अनुशासित जीवनशैली, प्रतिकूलताका बाबजुद् निजी क्षेत्रले उत्पादन र वितरणलाई दिएको निरन्तरता र सरकारको प्रभावकारी नेतृत्व एवं सहजीकरणले यो सम्भव भएको हो । आजको यस कार्यक्रममा म विशेषगरी प्रधानमन्त्रीज्यू र सरकारलाई विगत एक वर्षमा कोभिड नियन्त्रण र खोप वितरणमा गर्नुभएको उदाहरणीय कामका लागि धन्यवाद दिन चाहन्छुकक ।

विशेषगरी गत वर्षको बजेट र मौद्रिक नीतिले सार्वजनिक गरेका कार्यक्रमले व्यवसाय तंग्रिन सहज भएको हो । चार महिना लामो लकडाउन र एक महिनाको निषेधाज्ञाले गर्दा गत आर्थिक वर्ष र यस वर्षको पहिलो तीन महिना अर्थतन्त्र ऋणात्मक रह्यो । गत वर्ष दुई र यस वर्षको पहिलो त्रैमासमा करिब साढे ४ प्रतिशतले अर्थतन्त्र ऋणात्मक भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, दोस्रो त्रैमासदेखि अर्थतन्त्रमा सुधार भएको छ । हिजोसम्ममा लक्ष्यको ५८ प्रतिशत राजस्व उठेको छ । मेरो विचारमा यस वर्ष सरकारी लक्ष्यअनुसार नै राजस्व उठनेछ । बैंकहरुमा ऋणको माग बढेको छ । जसले तरलतामा चाप पर्न सुरु भइसकेको छ । यसले ब्याज बढाउने भए पनि यो अर्थतन्त्र सुधार हुँदै गएको संकेत पनि हो ।

सोधनान्तर बचत विस्तारै घट्न थालेको छ । यसको अर्थ हो, मुलुकमा उत्पादन र उपभोग बढ्न थालेको छ । औद्योगिक कच्चापदार्थ, इन्धन र अन्य उपभोग्य सामानको आयात अघिल्ला महिनाहरुको तुलनामा बढेकाले सोधनान्तर बचत घट्न थालेको हो । गत वर्षको सात महिनामा र यस वर्षको सोही अवधिमा पनि आठ खर्बको आयात भएको छ । रेमिट्यान्स १० र निर्यात ८ प्रतिशतले बढेको छ ।

Global Ime bank

विषम परिस्थितिमा पनि निर्यात र रेमिट्यान्स बढी नै रह्यो । यसले बैंक, वित्तीय संस्थामा तरलताको अवस्था सहज बनाइराख्न मद्दत पुग्यो र सस्तोमा उद्यमी–व्यवसायीले पुँजी पाउन सके र तंग्रिन सहज भयो । त्यसमा पुनर्कर्जा, पुनःसरचना एवं पुनर्तालिकीकरण आदिमा दिइएको सहुलियतको महत्वपूर्ण भूमिका छ ।

तर, लघु, घरेलु, साना तथा मझौला उद्यमलाई भने अझै व्यवसाय विस्तार गर्न कठिन छ । यस्ता उद्यमीहरुको अर्थतन्त्रमा २२ प्रतिशत योगदान छ । झन्डै २० लाखलाई रोजगारी दिएका छन् । निर्यातमा पनि ४० प्रतिशत हिस्सा छ । यो क्षेत्रमा परेको प्रभावबारे विभिन्न अध्ययन पनि भएका छन् । सबको फरक–फरक भनाइ छ । हाम्रो आँकलनमा अझै ४० प्रतिशत यस्ता उद्यमीलाई कुनै न कुनै प्रकारको सहयोगको खाँचो छ । कतिपय व्यवसाय त पूरै बन्द नै भइसकेका छन् ।

अब धेरै व्यवसाय बन्द नहोऊन् र जेनतेन चलिरहेका उद्योगहरु पनि विस्तार हुन सकोस् भन्नका लागि अझै सहयोग आवश्यक छ । जस्तो कि साना उद्यमलक्षित पुनर्कर्जा सहज रुपमा वितरण हुनुपर्यो । व्यवसाय निरन्तरता कर्जा पाउन कठिन भएको गुनासो आइरहेको छ । त्यो सहज हुनुपर्यो । यस वर्ष साना उद्यमीहरुलाई दिइएको कर छुटलाई निरन्तरता दिइनुपर्नेछ ।

यी र यस्तै विषय समेटेर साना तथा मझौला उद्यम पुनरुत्थान कार्यक्रम आवश्यक छ । जुन हामीले चैत २८ गते सार्वजनिक गर्न लागेको भिजन पेपरमा पनि समेटिएको छ । यसमा हामी सरकारसँग सहकार्य गर्न चाहन्छौँ । सम्माननीय प्रधानमन्त्रीज्यूलाई हामीले पहिले पनि जानकारी गराइसकेका छौँ । यहाँबाट कार्यान्वयनका लागि जनाउनुभएको प्रतिबद्धताका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक आभार व्यक्त गर्दछु । यसले हामीलाई उत्साही बनाएको छ ।

भिजन पेपरमा हामीले सन् २०३० सम्ममा एक अर्ब डलरको अर्थतन्त्र पुग्ने आधार, प्राथमिकताका क्षेत्र र इनिसिएटिभ्स पहिचान गरेका छौँ । दोहोरो अंकको आर्थिक वृद्धिमार्पmत अतिरिक्त २२ लाख रोजगारी सिर्जना सकिने हामीले देखेका छौँ । त्यसका लागि तत्काल ४१ वटा इनिसिएसनमा भने काम थाल्नुपर्ने देखिन्छ । मैले माथि भनेको साना, मझौला उद्योगसँगै पर्यटन क्षेत्र पुनरुत्थान कार्यक्रम पनि आवश्यक पर्नेछ । पर्यटन क्षेत्रमा आश्रित उद्यमलाई पनि समस्या छ । व्यवसायमा थप विश्वास सिर्जना गर्न भ्याक्सिनको पहुँच विस्तार र निजी क्षेत्रलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि म आग्रह गर्दछु । यी विषय कोभिडपछिको पुनरुत्थानका लागि आवश्यक छन् भन्ने हाम्रो बुझाइ हो ।

सरकारले भ्याक्सिन ल्याउन देखाएको तदारुकता र यसको सहज वितरणका लागि म प्रधानमन्त्रीज्यू र अन्य संलग्न निकायलाई धन्यवाद पनि दिन चाहन्छु । आजसम्मको व्यवस्था उत्कृष्ट थियो । अब निजी क्षेत्रले पनि सहज रुपमा आयात गरी बिक्री–वितरण गर्न सक्ने वातावरण बनाउनुपर्छ । यसमा सरकारले सहजीकरण सुरु पनि गरिसकेकेको छ ।

कोभिडपछिको पुनरुत्थानसँगै १० वटा प्राथमिकताका क्षेत्रहरु पहिचान गरेका छौँ । जसमा नीतिगत सुधार, पूर्वाधार विकास, श्रम व्यवस्थापन, साना उद्यमको प्रवर्द्धनलगायतका विषय छन् । भिजन पेपर हाम्रो आगामी वार्षिक साधारणसभा तथा वाणिज्य दिवसका अवसरमा चैत २८ गते सार्वजनिक गर्ने तयारी गरेका छौँ । विमोचनका लागि हामीले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष पत्रमार्फत आग्रह गरिसकेका छौँ । अहिले म पुनः प्रधानमन्त्रीज्यूसमक्ष साधारणसभामा प्रमुख आतिथ्यता ग्रहण गरी भिजन पेपर विमोचन गरिदिन हुन विनम्र अनुरोध गर्दछु । सदा झैँ यहाँको सद्भाव रहने अपेक्षा गरेको छु । आजको यस कार्यक्रममा मलाई पनि बोलाइ दुई शब्द राख्ने अवसर दिनुभएकोमा म हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद ।
(शुक्रबार निजी क्षेत्रसँग प्रधानमन्त्रीले गरेको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राखेको मन्तव्य)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC