site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेरम इन्स्टिच्युट भन्छ– भारतले गर्मीयामसम्म ३० करोडलाई खोप लगाइसक्नेछ 
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतले आगामी तीनदेखि चार महिना भित्रमा देशभरका सबै फ्रन्टलाइन कामदार, ६० वर्ष माथिका नागरिक र स्वास्थ्य समस्या भएकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने सरेम इन्स्टिच्युटका प्रमुख कार्यकारीले बिहीबार जानकारी दिएका छन् । 

जनवरीमा सुरु भएको विश्वकै सबैभन्दा ठूलो खोप अभियान अन्र्तगत भारत सरकारले १.३ अर्ब जनसङ्ख्या मध्ये ३० करोड मानिसलाई पहिलो डोजको खोप लगाउने बताएको थियो । नेता सुरेश यादवले सीएनबीसीसँग भने, “भारतलाई आवश्यक पर्ने खोपका डोजको सङ्ख्या अत्यन्तै ठुलो छ ।” जसकारण नै खोप कार्यक्रममा हतार गरि छोटो समयमा सम्पन्न गर्न असम्भव रहेको उनले बताए । 

Agni Group

उनले थप भने, “प्रति महिना ५ देखि ६ करोड डोजको रफ्तारमा यो कार्यक्रम जारी रहनेछ र आगामी तीनचार महिनामा झन्डै ३० करोड मानिसकहाँ पुगिसक्नेछ । ” पुनेमा अवस्थित भारतको सेरम इन्सटिच्युटले भारत र विश्वव्यापी रुपमै कोभिड विरुद्धको खोप आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । उत्पादन सङ्ख्याका आधारमा यो विश्वकै ठूलो खोप निर्माता कम्पनी हो । अहिले यसले बेलायतमा आधारित एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरेको खोप उत्पादन गरिरहेको छ जसको स्थानीय नाम ‘कोभिसिल्ड’ राखिएको छ । 

यसका लाखौँ डोज भारत सरकारलाई आपूर्ति गरिएको छ भने डब्लूएचओको ‘कोभ्याक्स’ लाई समेत दिइएको छ । यस्तोमा आफ्नो उत्पादनको बढ्दो मागबारे प्रतिक्रिया दिँदै सेरमका प्रमुख कार्यकारी अदर पुनवालाले गत महिना विदेशी सरकारहरुलाई धैर्य रहन आग्रह गरेका थिए र सर्वप्रथम घरेलु माग पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका हुन् । 

Global Ime bank

यादवका अनुसार सेरम इन्सटिच्युट भारत सरकारको माग पूरा गर्न सक्षम छ । जसमा यसले कोभ्याक्सलाई ५ करोड ९० लाख डोज प्रदान गरिसकेको छ । उनका अनुसार सेरमले अप्रिल र मे महिनाबीच आफ्नो क्षमता विस्तार गर्ने सम्बन्धी पनि योजना बनाइरहेको छ । यसमा कम्पनीले थप ४ देखि ५ करोड डोजसम्म उत्पादन गर्ने लक्ष्य राखेको छ । हाल सेरमले प्रति महिना ७ करोड डोज भन्दा धेरै उत्पादन गर्न सक्छ । गत हप्ता अमेरिका, जापान र अष्ट्रेलियाले विश्वव्यापी खोप आपूर्तिमा मद्दत पुर्याउन भारतीय कम्पनीहरुको उत्पादन क्षमता विस्तार गर्न प्रतिबद्धता जनाएका थिए ।   सिएनबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC