site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘लघुवित्तको लागत घटाउन ‘कोष’ स्थापनामा अर्थ मन्त्रालय सकारात्मक’
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थसचिव शिशिरकुमार ढुंगानाले लघुवित्तहरुको कोषको लागत कम गर्न छुट्टै कोष स्थापना गर्न सरकार सकारात्मक रहेको बताएका छन् । लघुवित्त एसोसिएसन नेपालको प्रथम वार्षिकोत्सव समारोहमा उनले गरिबलाई वित्तीय सेवा प्रदान गर्ने लघुवित्तको ब्याजदर उच्च हुन नहुने भन्दै  लघुवित्तको ‘कस्ट अफ फन्ड’ कम गर्न विशेष कोष स्थापना गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको बताए ।

मुलुकको गरिबी निवारणमा लघुवित्तको भूमिका महत्वपूर्ण रहेको भन्दै लघुवित्त कार्यक्रमलाई प्रवद्र्धन गरिने उनले बताए । लघुवित्तहरुको लागि कस्ट कम गर्न विभिन्न संस्थानबाट स्रोत व्यवस्थापन गर्ने वा वाणिज्य बैंकबाट नै  निश्चित प्रतिशत योगदान गराउने गरी अथवा कुन मोडलमा त्यस्तो कोष सञ्चालन गर्न सकिन्छ, छलफल गर्न सरकार तयार रहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा उनले कोभिडपछि शिथिल भएको अर्थतन्त्र ‘बाउन्स ब्याक’ भइसकेको बताए । नेपालको अर्थतन्त्र यसअघि सन् २००८ को आर्थिक मन्दीमा पनि समस्या नभएको र अहिले पनि छोटो अवधिमा नै ‘बाउन्स ब्याक’ भएको उनले बताए । नेपालको अर्थतन्त्रको तल्लो तहमा कोभिडको ठूलो असर नगरेको र जसले गर्दा ७/८ प्रतिशतको उच्च आर्थिक वृद्धि भइरहेको भए पनि त्यसमा केही संकुचन आएको उनले बताए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने लघुवित्तकर्मीले ४५ लाखभन्दा बढी नागरिकलाई वित्तीय सेवा र २८ लाखभन्दा बढी सदस्यलाई कर्जा प्रदान गरेको बताएका थिए ।

Global Ime bank

कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालले करोडौँ कर्जा लिने र ठूलो उद्योग सञ्चालन गर्ने उद्योगीले कृषि कर्जामा ब्याज अनुदान लिएर २ प्रतिशतमा कर्जा पाएको तर साना र निमुखा कृषकलाई कर्जा दिने लघुवित्तका ग्राहक उक्त सुविधाबाट वञ्चित भएको बताएका थिए ।

कार्यक्रममा पूर्वलघुवित्तकर्मी रामचन्द्र जोशी, लक्ष्मी लघुवित्तका सीईओ  प्रकाशराज शर्मा, लघुवित्त एसोसिएसन नेपालका उपाध्यक्ष तथा फरवार्ड कम्युुनिटी लघुवित्तका अध्यक्ष भगवती चौधरी, निर्धन उत्थान लघुवित्तका सीईओ  जनार्दनदेव पन्त, आरएमडीसीका सीईओ ज्योतिचन्द्र ओझालगायले लघुवित्त कार्यक्रमका विषयमा आफ्नो मन्तव्य राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC