site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आठ महिनामा ९ खर्ब ४३ अर्बको आयात, निर्यात ८० अर्बको मात्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार दोस्रो चौमासिक बित्दासम्म गत आवको सोही अवधिको भन्दा २.१४ प्रतिशत बढी आयात भएको हो ।

विभागका अनुसार गत आवको फागुन मसान्तसम्म ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँको आयात भएको थियो । यस अवधिमा निर्यात ७.८४ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भन्सारका अनुसार गत आवको फागुन मसान्तसम्म ७४ अर्ब ९० करोडको निर्यात भएकामा फागुनसम्म ८० अर्ब ७७ करोडको निर्यात भएको छ ।

नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । व्यापार घाटा गत आवको यही अवधिभन्दा १.६३ प्रतिशत बढी हो ।

Global Ime bank

यस अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ । यस्तै, स्टिलको कच्चापदार्थ, मोबाइल फोन, भटमासको कच्चा तेल, एलपी ग्यास, पेट्रोल, कोइला, चामल तथा सुनको आयात सबैभन्दा बढी भएको छ ।

यस्तै, सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । यस अवधिमा २३ अर्बभन्दा बढीको भटमासको तेल निर्यात भएको हो । यस्तै, अलैँची, कार्पेट, चिया, कपडालगायत शीर्ष निर्यात हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC