site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इन्भेष्टमेन्टको बोर्डबाट प्रस्ताव पारित, हिमालयनको बोर्ड सोमबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैक मर्जरको लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गर्ने चरणमा नजिक  पुगेका छन् । दुवै बैंकले मर्जरको लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन (ड्यु डिजिलेन्सी अडिट–डीडीए) गराएर बोर्ड बैठकमा पेस गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको गएको मंगलबार बसेका बोर्ड बैठकले डीडीए रिपोर्टलाई अनुमोदन गर्दै मर्जरसम्बन्धी प्रारम्भिक प्रक्रिया अगाडि बढाउन मर्जर समितिलाइ अख्तियारी समेत दिएको स्रोतले जनाएको छ ।

हिमालयन बैंकले भने आगामी सोमबार डीडीए रिपोर्ट अनुमोदन गर्दै मर्जरको प्रक्रिया अगाडि बढाउने अख्तियारी दिन बोर्ड बैठक बोलाएको छ । यदि, हिमालयन बैंकको बोर्ड बैठकले मर्जरको प्रक्रिया अगाडि बढाउन मर्जर समितिलाई अख्तियारी दिएमा चैत तेस्रो सातासम्म मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुनसक्ने स्रोतको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डीडीए रिपोर्टले दुई बैंकबीचको मर्जरको लागि सेयर आदानप्रदान अनुपात १ः१ मा नै हुनसक्ने देखिको छ । डीडीएमा हिमालयन बैकको २८४ अंक र नेपाल इन्भेष्टमेन्ट बैकको २८१ अंक रहेको स्रोतले बाह्रखरीलाई बतायो । हिमालयन बैंक सामान्यमाथि देखिए पनि स्वाप रेसियो १ः१ मा जान दुवै बैंक तयार देखिएका छन् ।

तर, हिमालयन बैंकको सञ्चालक समितिमा मर्जरको विषयमा एक समूह केही अन्डर्स्टान्डिङ हुन नसकेकोले आगामी साता बस्ने सञ्चालक समितिले मर्जरमा जाने निर्णय गर्नेमा भने बैंक सञ्चालकहरू शंका गर्छन् । “नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान हामी सकारात्मक हो । सोही एजेन्डामा छलफल गर्न आगामी साता हाम्रो बोर्ड बैठक पनि बस्दै छ,” हिमालयन बैंक स्रोतले बाह्रखरीसँग भन्यो, “हाम्रो सञ्चालक समितिमा केही मर्जरमा जाने निष्कर्षमा नपुगेकोले सोमबार नै निर्णय नहुन पनि सक्छ । मर्जरमा जानुपर्छ भन्नेमा हामी छिट्टै नै सकारात्मक निर्णयमा पुग्छौँ,” चैत तेस्रो सातासम्म भने निर्णयमा पुगेर एमओयू हुनसक्ने उनले बताए ।

Global Ime bank

हिमालयन बैंकमा विगतदेखि नै सञ्चालक चयनको विषयमा विवाद देखिँदै आएको छ । मर्जरपछि ठूलो होल्डिङ इन्भेष्टमेन्टको हुने भएकोले केही सञ्चालकले आफ्नो पदको ग्यारेन्टी खोजेको छन् । केही सञ्चालक पद छोड्न तयार रहे पनि केहीमा पदको लोभले गर्दा हिमालयन बैंक ठोस निर्णयमा पुग्न अलमलमा परेको हो ।

संस्थापक साधारण सेयर संरचना ८५ः१५ प्रतिशत रहेको हिमालयन बैंकमा हाल २० प्रतिशत सेयर स्वामित्व रहेको हबिब बैंक पाकिस्तानको तर्फबाट १ र १५ प्रतिशत सेयर स्वामित्व रहेको कर्मचारी सञ्चय कोषको तर्फबाट  एकजना सञ्चालकले प्रतिनिधित्व गर्दै आएका छन् । कोषको प्रशासक तुलसी गौतम बैंकको अध्यक्ष पनि हुन् ।

यसबाहेक बैंकको संस्थापक तथा राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयनशमशेर राणाको लगानी रहेको आभा इन्टेनेसनलको तर्फबाट सुनीलबहादुर थापा सञ्चालक छन् । यस्तै, खेतान परिवारको लगानी रहेको म्युचुअल ट्रेडिङको तर्फबाट आशीष शर्मा, संस्थापक सेयरधनी तथा पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठको समेत लगानी रहेको ऐन ट्रेडिङको तर्फबाट प्रचण्डबहादुर श्रेष्ठ सञ्चालन छन् । त्यसबाहेक एकजना सर्वसाधारणको तर्फबाट र एकजना स्वतन्त्र सञ्चालक रहेका छन् ।

स्रोतका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई अध्यक्ष बनाउन र हिमालयन बैंकका सीईओ अशोक राणा मर्जरपछि बैंकको सीईओ हुनुपर्ने प्रस्ताव हिमालयनको रहेको र त्यसमा नेपाल इन्भेष्टमेन्ट बैंक तयार भएको छ । इन्भेष्टमेन्टका सीईओ ज्योतिप्रकाश पाण्डे डेपुटी सीईओ रहने गरी दुवै सीईओलाई व्यवस्था गरिने स्रोतको दाबी छ । मर्जर छि संस्थाप सेयर बढी रहेकोले चुक्ता पुँजी कम भए पनि हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबाट दुई÷दुईजना संस्थापक सेयरधनी दुईजना सर्वसाधारण तर्फबाट सेयरधनी र एकजना स्वतन्त्र सञ्चालक हुनेछन् । हाल इन्भेष्टमेन्ट बैंकमा  संस्थापक र साधारण सेयर संसथाना अनुपात ६८.५९ः३१.४१ प्रतिशत रहेको छ ।

बैंकको नामको विषयमा धेरै छलफल नभए पनि हिमालयन इन्भेष्टमेन्ट नै नाम राख्ने विषयमा करिब सहमति रहेको स्रोत बताउँछ । सोमबार बस्ने हिमालयन बैंकको बोर्ड बैठकले मर्जरमा जाने प्रस्ताव पारित गरेमा मर्जर समितिमा छलफल गरेर चाँडै नै प्रारम्भिक समझदारीमा हस्ताक्षर हुने स्रोतको दाबी छ ।

मर्जर भएमा हबिबको सेयर कर्मचारी सञ्चाय कोषले किन्न सक्ने
हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर कर्मचारी सञ्चय कोषले किन्ने स्रोतको दाबी छ । यही दुई बैंक मर्जर भएमा हबिबको पूरै सेयर कर्मचारी सञ्चय कोषले किन्न सक्ने सक्नेछ ।

यद्यपि, अहिले पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष अहिले पनि हबिबको सेयर किन्नको लागि छलफलमा रहेको स्रोतको दाबी छ । मर्जर भएमा सञ्चय कोषले मात्रै किन्ने अथवा नागरिक लगानी कोष पनि जोडिने भन्ने कुराले मर्जरमा कुनै प्रभाव नपर्ने हिमालयन बैंक स्रोतले बतायो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपाली इन्भेष्टमेन्ट बैंकको पुँजी कोष २९ अर्ब ५५ करोड र हिमालयन बैंकको पुँजी कोष १७ अर्ब ६९ करोड रहेको छ । यस्तै, पुस मसान्त नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ६६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३८ अर्ब कर्जा लगानी गरेको छ । सोही अवधिमा हिमालयन बैंकले १ खर्ब ३० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ९ अर्ब कर्जा लगानी गरेको छ ।

इन्भेष्टमेन्ट बैंकको व्यालेन्स सिटको आकार २ खर्ब १० अर्ब रहेको छ भने हिमालयन बैंकको ब्यालेन्स सिटको साइज १ खर्ब ६५ अर्बको नजिक छ । दुई बैंक मर्जर भएमा ब्यालेन्स सिटको साइज करिब ३४ खर्बको हाराहारीमा पुग्नेछ भने कोर क्यापिटल करिब ५० अर्बको नजिक पुग्नेछ ।

दुवै बैंकमा केही समान सेयरधनी र संस्थापकबीच रहेको पारिवारिक सम्बन्धले पनि मर्जर हुनेमा दुवै बैंक विश्वस्त रहेका देखिन्छन् । दुवै बैंकका मुख्य सेयरधनीबीच पारिवारिक सम्बन्ध रहेकाले पनि मर्जर हुनेमा आशावादी देखिएका थिए । हिमालयन बैंक नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयनशमशेर राणाको नेतृत्वमा स्थापना भएको हो । नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हुन् । उनी पनि हिमालयन बैंकको संस्थापकमध्ये एक हुन् । पाँडे हिमालयशमशेर राणाका ज्वाइँ पनि हुन् ।

अहिले पनि पाँडे हिमालयन बैंकका ठूला सेयरधनीमध्येका एक हुन् । यसबाहेक चिनी उद्योगी शशिकान्त अग्रवालको पनि दुवै बैंकमा बलियो होल्डिङ छ । दुवै बैंकमा केही समान सेयरधनी हु्नुले पनि हिमालन र इन्भेस्टमेन्ट बैंकको बजारलाई प्राथमिकता दिइएको छ ।

हिमालयन बैंकले इन्भेस्टमेन्ट बैंकबाहेक अन्य बैंकसँग मर्जरको छलफल नगरेको स्रोत बताउँछ । “हाम्रो बैंकको मर्जर समिति गठन हुनुअघि सिभिल बैंकले पत्र लेखेर मर्जरको औपचारिक प्रस्ताव गरे पनि बैंकसँग कुनै छलफल भएन,” स्रोतले बाह्रखरीसँग भन्यो, “अन्य कुनै पनि बैंकसँग छलफल भएको छैन । दुवै बैंकको पहिलो प्राथमिकता एकार्कासँग मर्जर हुनुपर्छ भन्ने नै हो ।”

अहिले अन्य बैंकले स्वाप गरेर लगेको कर्जा पनि ठूलो र बलियो बैंक भयो भने आफैँ फर्कने भन्दै मर्जरको विकल्प नरहेको बैंक स्रोत बताउँछ । अहिले ग्लोबल आईएमई बैंकले ठूलो बैंक हुँदा पाएको व्यावसायिक लाभ भोलि हिमालयन र इन्भेस्टमेन्ट बैंकले उठाउन सक्ने सम्भावना रहेको छ । यदि, हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्जर हुने हो भने अरुलाई पनि मर्जरको दबाब पर्ने देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC