site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जब भीम रावल कड्किए...
Ghorahi CementGhorahi Cement

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिउँसो बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक आह्वान गरे । नेता विशाल भट्टराईका अनुसार बैठकमा सूर्य चिह्नबाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको थियो ।
 
ललितपुरस्थित हेरिटेज गार्डेनमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको खनाल–नेपाल खेमाले भने बुधबार नै संसदीय दलको बैठकमा नजाने घोषणा गरिसकेको थियो ।
  
भेलापछि प्रेस बिफ्रिङ गर्दै नेता योगेश भट्टराईले कार्यव्यस्थताका कारण आजको बैठकमा सहभागी नुहुने बताएका थिए ।

तर, बैठकमा जाने नजानेमा खनाल–नेपाल पक्षमा अन्यौलता देखियो । बैठकमा जाँदा भेला प्रभावित हुने भएकाले जान नहुने धेरैजसो सांसदहरूको मत थियो । 

खनाल–नेपाल पक्षले बिहीबार बिहान सांसदहरुको आकस्मिक बैठक डाक्यो । राष्ट्रिय भेला भइरहेको स्थान हेरिटेज गार्डेनमा सबै सांसदहरु उपस्थित भएका थिएनन् ।

Agni Group

बिहान ११ बजेतिर भेला भएका सांसदको बैठकले भेला प्रभावित नपार्ने गरी केही सांसदहरू मात्रै बालुवाटार जाने निष्कर्ष निकाल्यो । बैठकमा जाने र हस्ताक्षर गरेर फर्कने नीति अबलम्बन गरिएको थियो । 

बैठकपछि सांसद गणेश पहाडीले स्थायी कमिटीमा भएका बाहेक सबै सांसद उपस्थित हुने जानकारी दिए । लगत्तै सांसदहरु गणेश पहाडी, दिपकप्रकाश भट्टलगायत केही सांसदहरु हेरिटेजबाट बालुवाटारका लागि निस्किए ।

Global Ime bank

तर, उनीहरु बालुवाटार नपुगी बाटैबाट फर्किएका थिए । 

किन फर्किए बाटैबाट ?
बैठकमा नजाने भनेर म्यासेज आएपछि फर्किएको उनीहरुले बताए । सांसद पहाडीले बैठकमा नजाने भन्ने म्यासेज आएपछि सिंहदरबारबाट फर्किएको जानकारी दिए । 

“हामी बैठकमा जाने कुरा भएपछि बालुवाटार हिडेका थियौं । तर, नजाने भन्ने खबर आएपछि सिंहदरबारबाटै फर्कियौं,” फर्किए लगत्तै उनले बाह्रखरीसँग भनेका थिए ।

उनीसहित अरू सांसदहरू पनि बाटोबाटै फर्किएका थिए ।
 
तर, स्रोतका अनुसार भीम रावललगायत नेताहरुले बैठकमा जान नुहुने अडान राखेपछि सांसहरु बाटोबाटै फर्किएका हुन् । 
सांसदहरुको बैठकमा रावल उपस्थित थिएनन् । बालुवाटार जाने भन्ने खबर भएपछि उनी वरिष्ठ नेता माधवकुमार नेपाल लगायतसँग कड्किएको स्रोत बताउँछ ।

“यहाँ राष्ट्रिय भेला छ । बालुवाटार बैठकमा जाने कुरा नै हुँदैन । अहिले संसदीय दलको बैठकमा जाने हो भने म यहाँको भेलामा बस्दिन् । रावल कमरेडले भन्नुभएछ । नजाने कुरा भएको हो,” स्रोतको जिकिर छ ।

त्यस्तै योगेश भट्टराईले पनि बैठकमा जान नहुने बताएका थिए । 

सांसद झपट रावलले नेता नेपाल जाने भए मात्रै बैठकमा जाने बताएका थिए । 

“माधव नेपाल जाने भएमात्रै जान्छु । नत्र जान्न भनेँ,” रावलले बाह्रखरीसँग भने । 

झुक्किएर बालुवाटार पुगिन् गंगा  

संसदीय दलको बैठकमा खनाल– नेपाल पक्षका सांसदहरु पनि पुगेका थिए ।

बैठकमा पुगेकी सांसदमध्ये एक थिइन्, गंगा चौधरी । उनी बालुवाटार बैठकमा हस्ताक्षर गरेलगत्तै कार्यकर्ता भेलामा पुगेकी थिइन् । उनी नेतृत्वप्रति आक्रामक देखिन्थिन् ।

“बैठकमा जाने भनेर म्यासेज आयो । म हस्पिटल जानु पर्ने भएकाले निस्किएँ । त्यताबाट बैठकमा गएँ । पछि फोन गर्नुभयो । अर्को म्यासेज पनि आएको थियो भनेर । मैले पछिल्लो म्यासेज ख्याल गरिनछु । बैठकमा हस्ताक्षर गरिसकेको थिएँ । पछि सुटुक्क निस्किएँ । बैठकमा जानु मेरो गल्ति कि नेतृत्वको कमजोरी ?,”  उनको आक्रोशपूर्ण प्रश्न थियो । 

सांसद जीवनराम श्रेष्ठले नेता नेपालको निर्देशन अनुसार बालुवाटार बैठकमा उपस्थित सांसदहरुलाई म्यासेज पठाएका थिए । उनकै म्यासेजका आधारमा चौधरी बालुवाटार पुगेकी थिइन् । दोस्रो म्यासेज पनि श्रेष्ठले नै गरेका थिए । जसमा बैठकमा नजाने र बाटैबाटै फर्किनु भन्ने निर्देशन थियो ।

खनाल–नेपाल पक्षले फागुन २८ गतेको ओलीको एकलौटी निर्णय फिर्ता नभएसम्म केन्द्रीय कमिटी बैठकमा र संसदीय दल बैठकमा नजाने अडान राख्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC