site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिंगटी हाइड्रोको आईपीओ आजबाट बिक्री खुला, यस्तो छ वित्तीय अवस्था
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजबाट सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक निष्कासान सार्वजनिक (आईपीओ) बिक्री गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी १ अर्ब ४५ करोडको १० प्रतिशत स्थानीय आयोजना प्रभावित र २० प्रतिशत सर्वसाधारणको लागि बिक्री गर्ने अनुमति पाएको थियो । जसअनुसार कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्र दोलाखाको बिगु र कालिञ्चोक  गाउँपालिकाका स्थानीयको लागि  सेयर बिक्री गरेको थियो । कम्पनीले स्थानीय आयोजना प्रभावितको लागि १४ करोड ५० लाख रुपैयाँ बरारबको १४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मेगा क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुन सक्नेछ । सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको जनाउँछ ।

Global Ime bank

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरु र मेरो सेयरमार्फत आवेदन दिने सकिनेछ ।

कस्तो छ आयोजना र वित्तीय अवस्था ?
कम्पनीले दोलाखको सिंगटी खोलामा ‘रन अफ रिभर’ २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जसको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख ६८ हजार रहेको छ । कम्पनीको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसमेत  २२ करोड लाग्ने कम्पनीको विवरणपत्रमा उल्लेख छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६.४० वर्ष रहेको छ । ०७२ माघ २० गते विद्युत् उत्पादन अनुमति पाएको आयोजनाको विद्युत् उत्पादन बहाल रहने मिति वि.सं. २१०७ पुस २९ गतेसम्म रहेको छ । आयोजनाको निर्माण ९९ प्रतिशत सम्पन्न भइसकेको र नेपाल विद्युत् प्राधिकरणले विद्युत्गृह परीक्षण गरेमा शतप्रतिशत निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ ।

अघिल्लो तीन आर्थिक वर्ष र गत आर्थिक वर्षको सञ्चित नाफा–नोक्सान उल्लेख नगरेको कम्पनीले १०० रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको उल्लेख गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ मा ११ करोड ६३ लाख ८० हजार सञ्चितन नाफा, ८ रुपैयाँ ०३ पैसा प्रतिसेयर आम्दानी र १०८ रुपैयाँ ०३ पैसा  प्रतिसेयर नेटवर्थ हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०७८/०७९  मा २४ करोड ९२ लाख सञ्चित मुनाफा, प्रतिसेयर आम्दानी ९ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १९ पैसा पुगे प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा ४१ करोड १८ लाख १८ हजार सञ्चित मुनाफा  प्रतिसेयर आम्दानी ११ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ४० पैसा पुगे प्रक्षेपण गरेको छ ।  आर्थिक वर्ष २०८०/०८१ मा ६० करोड ७३ लाख ३६ हजार सञ्चित मुनाफा, प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC