site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिला प्रोजेक्ट अनि लगानी सम्मेलन : अध्यक्ष गोल्छा
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरी लगानी सम्मेलन गर्न सके त्यो बढी फलदायी हुने बताएका छन् । त्यस्तो तयारी नगरी लगानी सम्मेलनलगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको उनको भनाइ छ ।

“अब ‘रेडिमेड प्रोजेक्ट’सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ,” उनले भने, “देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युत्मा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन, यो यथार्थ हो ।”

Agni Group

महासंघले भारत, चीनलगायतका बाह्य लगानी आउन सक्ने देशका यहाँस्थित दूतावासहरूसँग पनि यस विषयमा छलफल अगाडि बढाएको उनले बताए । “हाम्रो प्रयास साँच्चिकै परिणाममुखी हुनुपर्छ । महासंघ त्यसको तयारीमा रहेको छ,” उनले भने ।

नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले प्रोफिट पनि राम्रो गरेका छन् । तैपनि, थप बाह्य लगानी भित्र्न सकेको छैन । समस्या कहाँ छ, त्यसको निर्क्योल गर्न सरकार तथा निजी क्षेत्रको एकीकृत प्रयासको खाँचो रहेको उनले बताए । “नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी छ,” उनले भने ।

Global Ime bank

बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनुपर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महसुस निजी क्षेत्रले गरेको उनले बताए । “बाह्य लगानी आकर्षणको अर्को महत्वपूर्ण पक्ष भनेको कन्ट्री रेटिङ पनि हो, जुन हामी भर्खर त्यसको अभ्यास गर्दैछौँ । अर्को, एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिबद्धता आवश्यक देखिन्छ,” उनले भने ।

महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समिति विस्तार कार्यक्रमलाई महासंघ सचिवालयमा सम्बोधन गर्दै उनले समितिलाई बाह्य लगानी आकर्षणका वास्तविक समस्याहरूको पहिचानसहित महासंघको सुझाव तयार गर्न आग्रह गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालयित छ भन्ने सन्देश दिन समितिले कार्य गर्ने विश्वास व्यक्त गरे । उनले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका विषयमा गहिरो अध्ययन गरी महासंघको सुझाव तयार गर्न समितिलाई आग्रह गरे ।

महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा गठित उक्त समिति विस्तार भएको छ । समितिका सदस्यहरूमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समीर शर्मा, समीक्षा राई, दिलीप अग्रवाल र दीपिका श्रेष्ठ रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC