site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल टेलिकमको सञ्चालक बन्न पौडेलको मात्रै मनोनयन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकमको) को सर्वसाधारणतर्फको सञ्चालकको लागि अम्बिकाप्रसाद पौडलको मात्रै मनोनयन परेको छ । कम्पनीको सञ्चालक समिति सदस्यको लागि मनोनयन गर्ने समय आज दिउँसो २ बजेसम्म सर्वसाधारणतर्फको सञ्चालकको लागि पौडेलको मात्रै मनोनयन दर्ता भएको हो ।

टेलिकमको सर्वसाधारणतर्फको सञ्चालकको लागि आफूले उमेद्वारी दिएको पौडेलले पुष्टि गरे । टेलिकमको सञ्चालकको लागि पौडेलको मात्रै मनोनयन दर्ता भएसँगै उनी सञ्चालक समितिमा निर्विरोध चयन हुने भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले यही चैत १३ गते १३औँ वार्षिक साधारणसभा गर्दै छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७६÷०७७ सम्मको सञ्चित मुनाफाबाट प्रस्तावित ४० प्रतिशत नगद लाभांश पनि पारित गर्दै छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि गएको फागुन २८ गते सेयरधनी दर्ता किताब बन्द गरेको थियो । यस आधारमा फागुन २६ गतेसम्म कायम सेयरधनीले कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

Global Ime bank

पौडेलले आफू सञ्चालक चयन भएमा कम्पनीलाई धितोपत्र बजारकै उत्कृष्ट कम्पनी बनाउने बताएका छन् । पौडेल निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा पुँजी बजार फोरमका सभापति हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC