site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सातै प्रदेशमा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२१’ आयोजना हुँदै, अनलाइन आवेदन खुला
Sarbottam CementSarbottam Cement

काठमाडौं । लिभिङ विथ आइसीटीले सातै प्रदेशमा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२१’ को आयोजना गर्ने भएको छ । आगामी वैशाख पहिलो सातादेखि सुरु हुने आइडिया फेस्टमा स्थानीय स्टार्टअप र इन्नोभेटिभ आइडिया भएका व्यक्तिहरूले प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

आइसीटी अवार्ड २०२१ को प्रि इभेन्ट क्याम्पियनको रूपमा आयोजना हुन लागिरहेको स्टार्टअप एन्ड आइडिया फेस्ट २०२१ सातै प्रदेशका प्रमुख सहरहरूमा आयोजना हुनेछन् । वैशाख पहिलो साता प्रदेश नम्बर–१ को विराटनगरबाट सुरू हुने कार्यक्रम जेठ दोस्रो साता सुदूरपश्चिम प्रदेशको धनगढीमा गएर समापन हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, प्रदेश नम्बर–२ मा वीरगन्ज, वाग्मती प्रदेशमा हेटौँडा, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल र कर्णाली प्रदेशमा सुर्खेतमा कार्यक्रम आयोजना हुने जनाइएको छ ।

फेस्टमा प्रविधि क्षेत्रमा काम गरिरहेका स्थानीय स्टार्टअप र विद्यार्थीका इन्नोभेटिभ प्रोजेक्टहरूले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । चैत १ गतेदेखि खुला गरिएको रजिस्ट्रेसन चैत २५ गतेसम्म जारी रहने जनाइएको छ ।

Global Ime bank

हरेक प्रदेशबाट उत्कृष्ट एक स्टार्टअपलाई १० लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा प्रदान गरिने र उत्कृष्ट आइडियालाई ३ लाख रुपैयाँसम्मको ‘सिड फन्डिङ’ गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC