site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रदेश–२ को विद्युत् प्रणाली सुधार गर्ने ठेक्का भारतीय कम्पनीलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदेश नम्बर–२ का आठ जिल्लामा विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्टबीच बुधबार प्रदेश–२ ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्राधिकरणले गरेको अन्तराष्ट्रिय टेन्डरमा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई पाँच चरणमा विभाजन गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजनामार्फत प्रदेश–२ मा पर्ने जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणहरुसहितका ३३÷११ केभी, १६.६ एमभीए क्षमताका आठवटा सबस्टेसनको निर्माण गरिनेछ । यसैगरी, ३३÷११ केभी, आठ एमभीए क्षमताका दुईवटा सबस्टेसनको निर्माण गरिनेछ । उक्त सबस्टेसनको क्षमता १४८.८ एमभीए हुनेछ ।

यसका साथै प्रदेश–२ का जिल्लामा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारणलाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर ४०० भोल्टको नयाँ लाइन निर्माण गरिनेछ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैंकमार्फत सञ्चालित हुनेछ ।

Global Ime bank

प्राधिकरणका तर्फबाट सम्झौतापत्रमा आयोजना प्रमुखहरु विमल चौधरी, रोशन खड्का, रन्धिर पाठक र अमित भगत, लेखाप्रमुख विष्णुप्रसाद आचार्य, इन्जिनियहरु वसन्त नेपाल र विसमविनोद खनालले र टाटा प्रोजेक्टका तर्फबाट महाप्रबन्धकहरु श्यामनारायण मित्तल र मनोजकुमार पटनायकले हस्ताक्षर गरेका छन् ।

आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ९०० दिन अर्थात् ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । काम सम्पन्नपश्चात् प्रदेश–२ को समग्र विद्युत् प्रसारण र वितरण प्रणालीमा सुधार आई हाल सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र घरायसी ग्राहकहरुले पर्याप्त र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने आयोजनाका संयोजक बोधराज ढकालले बताए । उनले उच्च प्राथमिकताको आयोजना भएकाले निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

निर्धारित समयभन्दा पहिले नै सक्ने लक्ष्यका साथ काम अगाडि बढाइने टाटा प्रोजेक्टका आयोजना प्रमुख सन्दीप कुमारले प्रतिबद्धता जनाए । आयोजनाबाट प्रदेश–२ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा काम हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC