site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘पुँजी बजार, पूर्वाधार र उत्पादनशील क्षेत्रमा कोषको थप लगानी आवश्यक’
Sarbottam CementSarbottam Cement

काठमाडौ । पूर्वाधार र उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी परिचालन गर्नुपर्ने राजस्वसचिव रामशरण पुडासैनीले बताएका छन् । नागरिक लगानी कोषको ३१औँ वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पुँजी बजारको स्थायित्व, गतिशीलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको पनि बताए ।

उनले वित्तीय उत्तरदायित्व, पारदर्शीता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधारस्तम्भ भएको धारणा राखे । त्यसैगरी, कोषले पुँजी बजारको विकास, गतिशीलता र बजारको स्थायितत्वको विषयमा काम गर्नुपर्ने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र भट्टराईले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कोषले सञ्चालनमा रहेका योजनाबाट १ खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी १ खर्ब ६३ अर्ब ३० करोड रुपैयाँ लगानी गरेको बताए । भट्टराईले उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिने बताए ।

त्यसका लागि कोषले आफूलाई अझ सुदृढ बनाउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

Global Ime bank

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यकाबाहिर विराटनगर र पोखरामा शाखा कार्यालय सञ्चालन गरिरहेकोमा सुदूरपश्चिम प्रदेशको अत्तरिया र लुम्बिनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्यसञ्चालन गर्नेतर्फ कोषले काम सुरु गरिसकेको बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कोषले कुल लगानीको ६/७ प्रतिशत मात्रै पुँजी बजारमा लगानी गरेको भन्दै यो प्रतिशत १०/१२ प्रतिशत सम्म पुर्‍याउनुपर्नेमा जोड दिए । स्वदेशी मात्रै नभएर विदेशी स्रोत र साधनलाई परिचालन गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC