site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“कोरोनाका कारण आहात भएका जनतालाई राहत दिनुको सट्टा उल्टै जनताको ढाड भाँचिने गरी मूल्यवृद्धिको नेविसंघले घोर निन्दा र भर्त्सना गर्दछ,” अध्यक्ष ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले आयल निगमभित्र व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिर रुपमा कायम राख्नसमेत आग्रह गरेको छ । अध्यक्ष ढुंगानाले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक कर खारेज गर्नसमेत आग्रह गरेका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC