site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माघमा क्यूआर कोडमार्फत एक अर्ब ७१ करोड बढीको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको छ । यसअघि, न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महिनाको तुलनामा माघमा मात्र ४६ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत पुसमा एक अर्ब २४ करोेड ५० लाख रुपैयाँ बराबरको कारोबार भएकामा माघमा एक अर्ब ७१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत पुसमा तीन लाख ७२ हजार १७६ पटक कारोबार भएकामा माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएको छ । पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।

कनेक्ट आईपीएसमार्फत एक खर्ब चार चारको कारोबार
राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकानुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत माघमा मात्र एक खर्ब ६३ अर्ब ८७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । उक्त प्रविधिको प्रयोग गरी पुसमा एक खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

Global Ime bank

बैंकको तथ्यांकानुसार माघमा मात्र कनेक्ट आईपीएसमार्फत एक खर्ब चार अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको छ । सो अवधिमा १५ लाख ४५ हजारपटक कनेक्ट आईपीएसको प्रयोग भएको छ ।

माघमा मोबाइल बंैकिङमार्फत ३८ अर्ब ५९ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ । गत पुसमा ३३ अर्ब १५ करोड तीन लाख रुपैयाँ बढीको कारोबार भएको थियो । माघमा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोबार भएको छ ।

इन्टरनेट बैंकिङमार्फत नौ अर्ब २२ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ । माघमा ३१ हजार ४८२ पटक कारोबार भएको छ । वालेटमार्फत पुसमा नौ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएकामा उक्त रकममा वृद्धि भई माघमा नौ अर्ब ९४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एक महिनामा एक करोड ५१ लाख छ हजारपटक कारोबार भएको छ ।

यसैगरी, गत पुसमा अनलाइन (ई–कमर्स)बाट ८४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएकामा माघमा उक्त रकममा वृद्धि भई ९३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २१:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC