अर्थ व्यवसाय
काठमाडौं । मेगा बैंकका ग्राहकले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।
फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियान सञ्चालन गर्दै बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैयाँसम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो । अभियानअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ ।
डिजिटल बैंकिङअन्तर्गत नगदविहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी बैंकले फूडमाण्डूसँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताए ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७ १५:३४
प्रतिक्रिया दिनुहोस्