site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमा उपसभापतिको तयारी गर्ने कोही छैनन् ? महामन्त्रीमा पनि सभापतिजस्तै !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा १२ जना अकांक्षी देखिएका छन् । तर, उपसभापतिमा भने अहिलेसम्म एक जनाले पनि उमेदवारी घोषणा गरेका छैनन् । 

कांग्रेस विधानअनुसार दुईजना उपसभापतिमा निर्वाचित हुने व्यवस्था छ ।

विगतमा उपसभापति पद मनोनीत भएका कारण त्यो पदलाई पदाधिकारीको रुपमा आकांक्षी नदेखिने परम्परा थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

विगतको विधानले सभापति, महामन्त्री र कोषाध्यक्षमात्र निर्वाचित हुने व्यवस्था गरेकाले सभापति र महामन्त्रीमा मात्र आकांक्षीहरु देखिने गरेका थिए ।

तर, ०७५ साल मंसिर २९ देखि पुस ८ सम्म चलेको महासमिति बैठकले कांग्रेसको विधान परिमार्जन गरी कोषाध्यक्षबाहेकका पद निर्वाचित हुने व्यवस्थासहित दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ । 

Global Ime bank

देश संघीय संरचनामा गइसकेपछि संघीय संरचनाअनुरुप हुनेगरी कांग्रेसले विधान संशोधन गर्दा केन्द्रीय समितिको आकार पनि जम्बो बनाउनेगरी गरेको छ । 

८५ जनाको केन्द्रीय समितिको आकार बढाएर एकसय ६९ पुर्‍याउँदा ६४ पद थप गरिएको छ ।  जसअनुसार कोषाध्यक्षबाहेकका सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको छ ।

तर, कांग्रेसमा सभापतिबाहेकमा उमेदवारी घोषणा गर्ने र बाँकी पदलाई महत्वपूर्ण बनाउने अभ्यास अहिले पनि नदेखिएको कांग्रेसकै नेताहरू बताउँछन् ।

सभापतिका आकांक्षीहरुको लर्को लागे पनि उपसभापतिमा अहिलेसम्म एकजनाको पनि उमेदवारी सार्वजनिक भएको छैन भने महामन्त्रीमा पनि थोरै संख्यामा मात्र आकांक्षी देखिएका छन् । सह–महामन्त्री र कोषाध्यक्षको दौडमा पनि देखिने गरी अभियान कसैले पनि थालेका छैनन् । 

दुई उपसभापति निर्वाचित हुने व्यवस्था गरिसक्दा पनि उपसभापति बन्छु भनेर कसैले सार्वजनिक नगर्दा कांग्रेस नेताका लागि उपसभापति भन्ने पद कुनै आकर्षणको नै छैन जस्तो सन्देश गएको एक नेताले बाह्रखरीसँगको कुराकानीमा बताए ।

कांग्रेस केन्द्रीय कार्यालयका एक सचिवका अनुसार सभापति र महामन्त्रीमा घोषणा गर्नेहरु नै पछि समायोजन हुँदा उपसभापति बन्ने भएकाले घोषणा नगरिएको हुन सक्ने बताए ।

“उपसभापति कसैले पनि घोषणा गर्दैन । धेरैले सभापति घोषणा गर्छन् या त महामन्त्री घोषणा गर्छन्,” ती सचिव भन्छन् “उपसभापति त सभापति र महामन्त्री दुवै नहुने भएपछि अन्त्यमा कसलाई समायोजित गर्ने भन्ने निर्णय सभापति बन्ने नेताका आधारमा पछि नै हुन्छ ।”

विगतमा उपसभापति मनोनीत हुने हुँदा नेताहरु सभापतिको प्यानलमा चुनाव लडेर महाधिवेशनपछि ‘सहयोग गरेका आधारमा’ मनोनीत हुने प्रचलन थियो । 

महामन्त्रीमा भने सभापति देउवा पक्षमा धेरै आकांक्षी देखिएका छन् भने अर्को पक्षमा कम मात्र आकांक्षी छन् । 

संस्थापनइतरबाट महामन्त्रीमा अहिलेसम्म डा. मिनेन्द्र रिजाल, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, गुरुराज घिमिरे र प्रदिप पौडेल आकांक्षीका रुपमा देखा परेका छन् ।

जोशीको स्वास्थ्यमा एक्कासी समस्या आएपछि अहिले उपचाररत छन् ।  

सभापति देउवा निकटमा भने महामन्त्रीका आकांक्षीहरुको संख्या बढी छ । अहिलेका सह–महामन्त्री डा. प्रकाशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँणसहित एनपी साउद पनि महामन्त्रीको दौडमा छन् । 

प्रवक्ता शर्मा अहिले नै उमेदवारी घोषणा गरेर अभियानमा लाग्ने छुट आफूलाई नभएको भन्दै प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै जाँदा अन्त्यमा मात्र उमेदवारी घोषणा गर्ने बताउँछन् । 

सह–महामन्त्री महत विगत महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउने अभियानमा लागेकाले पदाधिकारीको आकांक्षी बन्न नपाएको र सह–महामन्त्रीमा चित्त बुझाउन बाध्य भएको भन्दै आफू स्वाभाविक उमेदवार भएको बताउँछन् । 

ज्ञानेन्द्रबहादुर कार्कीले सभापतिसँगको भेटघाटमा महामन्त्रीको आकांक्षीका रुपमा आफूलाई प्रस्तुत गरे पनि बाहिर भने अहिलेसम्म उमेदवारी घोषणा गरिसकेका छैनन् । 

संसदीय दलमा प्रमुख सचेतकको भूमिकामा रहेका बालकृष्ण खाँण विगतमा शेरबहादुर देउवालाई सभापति बनाउन सबै पद छाड्न तयार भएकाले अबको महाधिवेशनमा आफू महामन्त्रीको स्वाभाविक उमेदवार भएको बताएका छन् ।

तर, अहिले नै उमेदवारी सार्वजनिक गरेर भोट माग्दै हिँड्ने समय नआएको बताए । समय आएपछि उमेदवारी र अभियान एकसाथ घोषणा गर्ने बताउँछन् । 

नेता एनपी साउद भने एकदमै अप्ठेरो अवस्थामा छन् । सभापति देउवाका पक्षमा भइसकेपछि सभापति र महामन्त्री एकै क्षेत्रको हुँदा टिम बलियो नहुने भएकाले महामन्त्रीको उमेदवार सभापतिले नबनाउनेमा उनी सुनिश्चित छन् । 

सभापतिको स्वार्थका लागि आफू प्रत्यासी नै बन्न नपाउने अवस्थाले उनलाई सताउने गरेको उनी निकट नेताहरू बताउँछन् ।

त्यसैले आकांक्षासमेत खुलेर राख्ने अवस्थामा उनी छैनन् । 

सावदले यसबारेमा खुलेर कुरा गर्न चोहनन् । तर उनी निकट रहेका कांग्रेसका नेता देवराज चालिसे साउद स्वाभाविकरुपमा महामन्त्रीका लागि उपयुक्त उमेदवार भएपनि उनलाई राजनीतिक लाइन छोड्न पनि नसक्ने र बसेर स्थापित पनि हुन नपाउने समस्या रहेको बताउँछन् । 

“एनपी साउद नेपाल विद्यार्थी संघको अध्यक्ष भएर देशव्यापी नेटवर्क बनाइसकेको नेता हो, अब पनि प्रतिस्पर्धी नहुने हो भने भोलि उहाँपछिको पुस्ताले उछिन्ने अवस्था छ,” चालिसे भन्छन्, “त्यसैले उहाँ सधैँ अप्ठेरो अवस्थामा हुनुहुन्छ ।”

संस्थापनइतरबाट महामन्त्रीको तयारी गरिरहेका डा. रिजाल नेतृत्व दोस्रो पुस्तामा आउनुपर्ने बताउँदै एजेन्डा र उमेर दुवैको महत्व हुने बताउँछन् । 

“राजनीतिमा एजेन्डा र अनुभव दुवैको आ–आफ्नो स्थान हुन्छ, तर एजेन्डा कार्यान्वयनका लागि अनुभव मात्रले पुग्दैन कार्यान्वयन गर्ने ऊर्जा पनि हुन आवश्यक छ,” रिजाल भन्छन्, “त्यसका लागि एजेन्डासँगै उमेर पनि हेरिनुपर्ने हुन्छ ।” 

उनले आफू महामन्त्रीको घोषणा गरेर त्यसको गृहकार्यमा पनि लागेको बताए ।  संस्थापनइतरको तर्फबाट डा. चन्द्रकान्त भण्डारी पनि महामन्त्रीको आकांक्षी छन् । 

विगतको महाधिवेशनमा देउवाकै प्यानलबाट केन्द्रीय सदस्य भएका भण्डारी संघीयता कार्यान्वयनका लागि प्रदेशको राजधानी तोक्ने विषयलाई लिएर देउवाभन्दा फरक लाइनमा पुगेका थिए ।

त्यसैले उनी अहिले सभापतिइतरको प्यानलबाट महामन्त्री बन्ने योजनामा छन् । 

तर, उनले भेटघाटमा आफू महामन्त्री लड्नका लागि गृहकार्य गरेको बताउने गरे पनि खुलेर उमेदवारी घोषणा भने गरिसकेका छैनन् । 

संस्थापनइतर समूहबाट महामन्त्री लड्नका लागि यूवा अभियान थालेर गृहकार्य गरिरहेका नवीन्द्रराज जोशी गत १५ गते अचानक मस्तिष्कघात भएका कारण अस्पतालमा उपचाररत छन् । 

संस्थापनइतरबाटै नेविसंघ पूर्वअध्यक्षसमेत रहेका गुरुराज घिमिरे महामन्त्रीको आकांक्षी हुन् । 

शालिन स्वभावका घिमिरे आफू स्वाभाविक दावेदार भएको भन्दै पार्टीलाई नयाँ पुस्तामा आकर्षण दिन नसक्ने पुस्ताले बिदा लिनुपर्ने र परिपक्व व्यक्तिले नेतृत्व दिनुपर्ने बताउँछन् । 

संस्थापनइतरबाट नेविसंघका पूर्वअध्यक्ष प्रदिप पौडेल महामन्त्रीको तयारीमा छन् । 

महामन्त्रीमा मलाइ जिताउनुस भनेर आफूले भोट माग्न थालि नसकेको भए पनि युवादेखि पुरानो पुस्तासम्मले आफूलाई अघि सारेको उनले बताए ।

“युवापुस्ता देखि कांग्रेसको नेतृत्वमै बसेका बाहेकको जेष्ठ पुस्ताले हामो पुस्तासँगै आस गरिरहेको छ ,” पौडेल भन्छन्, “कांग्रेसलाई युवापुस्ताको आकर्षण दिन, युवादेखि जेष्ठ पुस्तालाई आश्वस्त पार्न अनि कांग्रेसलाई गति दिन पनि अब हाम्रो पुस्ता उठ्न आवश्यक छ ।” 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC