site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टेकोकै भरमा पुरातात्त्विक सम्पदा, सांस्कृतिक धरोहर उठाउने मेयरका प्रतिबद्धता ख्वै ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रको मूल ढोकैमा नौतले दरबारको पुनर्निर्माणका लागि घेरबार गरिएको छ । भित्र छिर्दा त्यहाँ रहेका अरु मन्दिरहरुमा पनि सात वर्षदेखि काठको टेको लगाएर राखिएका छन् । टेकोकै भरमा अहिले ती मन्दिरहरुको अस्तित्व पनि कायमै छ ।

वसन्तपुरका काजीराम श्रेष्ठका अनुसार हनुमानढोकाका सम्पदाहरु (मन्दिर) मा महानगरले ध्यान नदिँदा दिनप्रतिदिन जीर्ण हुँदै गएका छन् । "यहाँ आएका पर्यटकले ढल्न लागेका सम्पदा हेरेर फर्किने गरेका छन् । वसन्तपुर आफैंमा विश्वमै छाएको नेपाली पहिचान हो,” उनले भने, "नेताहरु सयौँ प्रतिबद्धता लिएर जनतामाझ पुग्छन् । जितेपछि आफ्ना वाचा पूरा गर्दैनन् । अहिले मेयर'साबलाई नवनिर्मित संरचना शिलान्यास गर्न भ्याइनभ्याइ छ ।”

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका चुनावी प्रतिबद्धतामा पनि ऐतिहासिक महत्त्व बोकेका सम्पदाको पुननिर्माण प्रक्रिया अगाडि बढाउने भनेर प्राथमिकतामै राखेका थिए । अझ उनको प्रतिबद्धता नम्बर १६ मा लेखिएको छ, "स्वयम्भू, बौद्ध, पशुपति, वसन्तपुरलगायतका धार्मिक, सांस्कृतिक, पुरातात्त्विक पर्यटकीय महत्त्वका सम्पदा क्षेत्रको विकास र प्रवर्द्धनका लागि विशेष योजना बनाएर काम सुरु गर्ने ।"

Prabhu Bank
Agni Group
NIC Asia

मेयर शाक्यको यो प्रतिबद्धता कागजमै मात्रै सीमित रह्‍यो । वसन्तपुर क्षेत्रका ऐतिहासिक, धार्मिक परम्परागत महत्त्व बोकेका मन्दिरको भग्नावशेष अवस्था हेर्दा मेयरलाई गिज्याएझैं देख्न सकिन्छ । स्थानीय बासिन्दा पनि ऐतिहासिक सम्पदाप्रति महानगरले चासो नदेखाएको आरोप लगाउँछन् ।

Global Ime bank

स्थानीय गणपतिलाल श्रेष्ठ हनुमानढोका दरबार क्षेत्रलाई जीवन्त संग्रहालय भएको बताउँछन् । सम्पदाहरु जीर्ण बन्दै गएकाले भोलि अस्तित्व नै मेटिने हो कि भन्ने चिन्ता रहेको उनी बताउँछन् । यस्तै जीवित देवी कुमारीको बासस्थान पनि जीर्ण बन्दै गएको छ । यसलाई मर्मत तथा पुनर्निर्माणमा पनि महानगर उदासिन रहेको श्रेष्ठको आरोप छ । उनले महानगरको उदासिन कायमै रहे कुमारीको बासस्थान भत्कने डर रहेको पनि बताए । "विश्व सम्पदामा सूचीकृत, पुरातात्त्विक, मौलिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक परम्परागत महत्त्वलाई उपेक्षा गरिएको छ,” उनले भने ।

ऐतिहासिक सम्पदा पुननिर्माणमा महानगर चुकिरहेको उनी बताउँछन् । "महानगरका १९,२०,२३,२४ वडामा फैलिएको यस क्षेत्रका ऐतिहासिक प्राचीन मठ मन्दिर जिर्णोद्वार, पुनर्निर्माण संरक्षण र व्यवस्थापन गर्ने प्रतिबद्धता महानगरले जनाएको थियो । केही कामले गति लिए," उनले भने, "स्थानीयको चाहनाअनुरुपको व्यवस्थापन मिलाउन महानगर चुकिरहेको छ । जोगिनुपर्ने सम्पदा नष्ट हुने खतरामा छन् ।”

मेयर शाक्यले चुनावताका महानगरमा विकासका लागि भन्दै १०१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए । ती प्रतिबद्धता मध्ये ७७ नम्बरमा "महानगरभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय क्षेत्रलाई जोड्ने सम्पदामार्गको पूर्वघोषित कार्यक्रममा आवश्यक परिमार्जन गरी भ्रमण प्याकेजसहित दक्ष पथप्रदर्शकसहितको सुविधासम्पन्न टुरिस्ट बस सञ्‍चालन गर्ने," उल्लेख छ ।

वसन्तपुरको अहिलेको अवस्था भने पर्यटकलाई घुमाउन मिल्ने त छैन त्यहाँ रहेका जीर्ण र टेकोकै भरमा आफ्नो अस्तित्व जोगाइरहेका सम्पदाहरुले तत्काल पुनर्निर्माण आवश्यक रहेको जनाउ दिइरहेका छन् । 

वसन्तपुरको सुरक्षाका लागि कैयौंपटक महानगरसँग गुहार मागेको तर वास्ता नगरेको स्थानीय बताउँछन् । "साँझ र रातिमा अपराधिक गतिविधि बढ्न सक्ने अवस्था छ । मूर्ति चोरी, फुटपाथ पसल, फोहोर फाल्ने थलो, अव्यवस्थित पार्किङ, खुला सवारी आवतजावत, थुप्रै समस्या तेर्सिएका छन्," गणपतिलाल भन्छन् । महानगरअन्तर्गत गठित हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको मूल समिति अध्यक्ष पनि मेयर शाक्य हुने प्रावधान छन् । वसन्तपुर क्षेत्र सुधारका लागि शाक्यको चासो भने देखिएको छैन ।

काष्ठमण्डप पुनर्निर्माणले भने गति लिँदै छ । यद्यपि हिजोदेखि यसको पुनर्निर्माण काठअभावमा पुन: रोकिएको छ । ‘‘माजु देग, त्रैलोक्य नारायण मन्दिरको महत्त्व पनि उत्तिकै छ । यी पुरातात्त्विक महत्त्वका मन्दिर पुनर्निर्माण पनि हुन सकेका छैनन्,” श्रेष्ठ भन्छन्, ‘‘वसन्तपुरका माजु देग, त्रैलोक्य नारायण मन्दिर जहाँ इन्द्रजात्रामा दश अवतार देखाउने गरिन्छ, यी सम्पदा नासिएर जाने डर छ ।” 

वसन्तपुर क्षेत्र हेरचाह अड्डाका अनुसार वसन्तपुर क्षेत्रका सम्पदा पुनर्निर्माणमा कोरोना महामारीका कारण ढिला भएको छ । अड्डाकी सूचना अधिकारी मायादेवी अर्यालले अहिले पुनर्निर्माणको काम तीव्र रुपमा अघि बढिरहेको छ । अहिले वसन्तपुरमा रहेको नौतले दरबार, काष्ठमण्डप, माजुदेवल मन्दिर पुनर्निर्माण भइरहेको उनले बताइन् । 

"नौतले दरबार चिनियाँ कम्पनीको अनुदान सहयोगमा पुनर्निर्माण हुँदै छ,” उनले भनिन् । यस क्षेत्रमा यहाँ ७० सम्पदा छन् ।

अर्यालका अनुसार २०७२ सालको भूकम्पले वसन्तपुर क्षेत्रका १२ सम्पदामा मात्र क्षति पुर्‍याएको थिएन भने ५८ सम्पदामा क्षति पुगेको थियो । अहिले पुननिर्माण भइरहेका सम्पदाको काम नसक्दै अरुको पुनर्निर्माण गर्न सकिने अवस्था नरहेको उनले बताइन् ।

कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा ढिलाइ भएको छ । अड्डाका अनुसार नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको छ । "गद्दी बैठक पुनर्निर्माण सकेर सर्वसाधारणका लागि खुला गरिएको छ," सूचना अधिकारी अर्याल भन्छिन्, "अड्डा हनुमानढोका दरबार क्षेत्रभित्रका क्षति पुगेका संरचना निर्माणमा जुटेको छ ।”

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल वसन्तपुर दरबार क्षेत्रका विषयमा आफूहरु गम्भीर रहेको दाबी गर्छन् । वसन्तपुरका सम्पदा पुनर्निर्माण गर्न महानगरले विभिन्न योजना बनाउँदै आएको उनले बताए । उनी भन्छन्, "सबै काम एकैपटक गर्न सकिँदैन । मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व हुन्छ । यसको अस्तित्व रहने गरी पुनर्निर्माण गर्नुपर्छ ।"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC