site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लयमा फर्किए कलाकार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही समययता सांगीतिक कार्यक्रम हुन थालेपछि कलाकारहरुलाई केही सहज भएको छ । स्टेज कार्यक्रमहरु हुन थालेपछि कलाकारहरु तुलनात्मक रूपमा व्यस्त हुन थालेका छन् ।

गायक सुगम पोखरेल क्रिसमस इभयता स्टेज कार्यक्रममा व्यस्त छन् । कोभिड–१९ संक्रमणको त्रासपछि क्रिसमस इभमा पहिलोपटक काठमाडौंमा कार्यक्रम गरेका उनी त्यसयता खासै खाली बस्नु परेको छैन ।

“क्रिसमसयता दुईवटा शनिबारबाहेक कुनै पनि दिन खाली बस्नु परेको छैन । अब आउँदा दिनमा पनि रेगुलर नै शोहरु छन्,” सुगम भन्छन् । काठमाडौं, पोखरा, बेलबारी, विराटनगर, इटहरीलगायत एक दर्जनभन्दा धेरै ठाउँमा उनले सो गरिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“पहिलाको अवस्थामा जतिकै बाक्लो रूपमा त कार्यक्रमहरु हुन सुरु भएका छैनन् । तर, जति भइरहेका छन्, यसलाई राम्रो मान्नुपर्छ,” सुगम भन्छन्, “कोरोनाको दोस्रो लहर सुरु नभएको अवस्थामा अब अवस्था सामान्य बन्दै जाने अपेक्षा गरौँ ।”

आउँदो शुक्रबार पनि उनको शो छ । होलीमा काठमाडौंमा र बाहिर पनि शो रहेको उनी बताउँछन् । कोरोना संक्रमणको त्रास कम नभए पनि कार्यक्रमहरुमा दर्शकको बाक्लो उपस्थिति रहने गरेको उनी बताउँछन् । उनी भन्छन्, “आयोजकले मास्क लगाउन र सुरक्षित हुन आग्रह गरिरहनुभएको हुन्छ । तर, भिडभाड त हुन्छ नै । त्यसैले आफैँ सुरक्षित हुनुपर्ने अवस्था छ ।”

Global Ime bank

सामान्य अवस्थाको तुलनामा १०–१५ प्रतिशत कम दर्शकको उपस्थिति हुने गरेको सुगमको दाबी छ ।

गायक प्रकाश सपुतले गएको माघ महिनामा ५ र फागुनमा १२ वटा कार्यक्रम गरे । काठमाडौं, पोखरा, बर्दिबास, सिन्धुली, चितवन, अछामलगायतमा उनले कार्यक्रम गरे ।

“असोज–कात्तिकदेखि चैत–वैशाखसम्म सहज अवस्थामा थुप्रै कार्यक्रम हुन्थे । त्यही तुलनामा त अहिले कार्यक्रम भइरहेका छैनन् । तर, वार्षिक उत्सव, इभेन्ट तथा अन्य कार्यक्रमहरु हुन थालेका छन्,” प्रकाश भन्छन्, “कोरोनाको समयमा जुन त्रासमा हामी थियौँ, त्यो हेर्दा त यति चाँडै हामी कार्यक्रमहरु आयोजना गर्छौँ र सांगीतिक प्रस्तुतिहरु दिन पाउँछौँ भन्ने लागेको थिएन । तर, विस्तारै विस्तारै मेला–महोत्सवहरु पनि हुन सुरु भएका छन् । सांगीतिक प्रस्तुतिहरु हुन थालेका छन् । समय र कार्यक्रमहरु पुरानै लयमा फर्किने सुरसार देखिएको छ ।”

सांगीतिक कार्यक्रमहरु हुँदा सानो तहमै भए पनि आर्थिक गतिविधि हुने प्रकाश बताउँछन् । एउटा सो हुँदा आयोजक, गायक–गायिका, कार्यक्रमस्थलमा राखिने स्टल तथा होटेल–रेष्टुँराहरुसमेत चलायमान हुने भन्दै धेरै रोजगारी सिर्जना हुने र समग्रमा अर्थतन्त्र नै चलायमान हुने उनी बताउँछन् ।

कोरोनाका कारण लामो समय थलिएको पेसा–व्यवसाय भर्खरै सुरु हुन थालेको भन्दै आयोजकहरुले कम पारिश्रमिकमा अफर गर्ने गरेको उनको अनुभव छ ।

आयोजक, कार्यक्रको उद्देश्य र अवस्था हेरेर पारिश्रमिक लिने गरेको गायक कमल खत्री बताउँछन् । विस्तारै कार्यक्रमबाट अफरहरु आउन थाले पनि अवस्था असहज रहेकाले पारिश्रमिक घटाउन आग्रह गर्ने गरेको भन्दै कमल भन्छन्, “तर, अवस्था हेरेर पारिश्रमिक लिने गरेको छु ।”

कमलले कोरोना संक्रमणको त्रास कम हुँदै गएपछि कार्यक्रम सुरु हुन थालेयता एक दर्जनभन्दा धेरै कार्यक्रम गरिसकेका छन् । उनले बुटवल, चितवन, झापा, विराटनगर, सिन्धुपाल्चोक, पोखरा, दमौलीगायत ठाउँमा सांगीतिक प्रस्तुति दिइसकेका छन् । यो ६ गते झापामा सांगीतिक कार्यक्रम गरेर ७ गते सर्लाही पुग्दै छन् ।

“कोभिड–१९ अगाडिकै अनुपातमा त कार्यक्रम सुरु भएको छैन । तर, अब बाक्लै रूपमा कार्यक्रमहरु हुन थालेका छन्,” कमल भन्छन्, “कार्यक्रमहरुमा क्राउडको बाक्लो उपस्थिति हुन थालेको छ । यसको अर्थ कार्यक्रमहरु अब पहिलाकै तुलनामा हुन्छन् भन्ने अपेक्षा गर्न सकिन्छ ।”

गायक प्रमोद खरेल, दुर्गेश थापा, आस्था राउतलगायत कलाकारले अहिले बाक्लै रूपमा सांगीतिक कार्यक्रममा प्रस्तुति दिन थालेका छन् ।

स्कुलका कार्यक्रम, विभिन्न संघ–संस्थाका वार्षिकोत्सव तथा सानो तहमा कार्यक्रमहरु हुन सुरु भए पनि हप्तौँ चल्ले मेला–महोत्सव भने अझै पनि पुरानै अवस्थामा हुनसकेका छैनन् । यस्ता कार्यक्रमहरुमा बजारमा राम्रो माग भएका गायक–गायिकाहरुलाई भ्याइ–नभ्याई हुने गरेको थियो । पछिल्लो समय गायक–गायिकाको मुख्य आम्दानीको स्रोत पनि यस्ता कार्यक्रममा हुने उनीहरुको प्रस्तुति नै हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC