site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रयोगशालामै थन्किए करोडौंका लगानी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड-१९ पहिचानका लागि सरकारले खरिद गरेका पाँचवटा पोर्टेबल पीसीआर मेसिन अहिले प्रदेश प्रयोगशालाहरूमा थन्किएका छन् । नेपालमा संक्रमण फैलिन सुरु भएपछि सरकारले १ करोड २० लाख खर्च गरेर ल्याएका मेसिनले गुणस्तरीय काम नगरेपछि एक वर्षदेखि थन्किएका हुन् । मेसिनसँगै करिब २१ करोड ८५ लाख रुपैयाँ लगानी गरेर खरिद गरिएको रिएजेन्ट किट पनि उपलब्धिविहीन बनेको छ ।

यसरी ल्याइएको थियो पोर्टेबल पीसीआर मेसिन
स्वास्थ्य सेवा विभागले ०७६ चैतमा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) मार्फत चीनबाट ५ थान पोर्टेबल (रियल टाइम) पीसीआर मेसिन खरिद गर्‍यो । २१ हजार अमेरिकी डलर प्रतिथानका हिसाबले सरकारले ५ वटा मेसिनका लागि करिब १ करोड २० लाख रुपैयाँ खर्चिएको थियो । प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालाका लागि ल्याइएका मेसिन विराटनगर, बुटवल, पोखरा, जनकपुर र धनगढीका जनस्वास्थ्य प्रयोगशालाहरूमा पठाइयो । कोभिड १९ को संक्रमण मुलुकभर फैलिन थालेको र यसअघि जनस्वास्थ्य प्रयोगशालाहरूमा पीसीआर मेसिन नभएका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चेकजाँच नगरी ती मेसिनहरू प्रदेशमा पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले चैतभरीमा पाँचवटै प्रयोगशालामा मेसिन पठाइसकेको थियो । 

१२ दिनमै फिर्ता गरियो मेसिन
पोर्टेबल पीसीअर मेसिन चीनबाट नेपाल आइपुगेपछि सबैभन्दा पहिले चैत १९ गते प्रदेश प्रयोगशाला जनकपुरमा पठाइएको थियो । उक्त मेसिनको क्षमता दैनिक आठवटा नमुनाको नतिजा दिनसक्ने थियो । तर परीक्षण भएका नमुनाको पनि सही नतिजा नआएपछि प्रदेश प्रयोगशालाले एनपीएचएलसँग समस्याबारे समन्वय गर्‍यो । पोर्टेबल पीसीआर मेसिनले नेगेटिभ नतिजा दिएका तीनवटा नमुना एनपीएचएल पठाइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

एनपीएचएलमा भएको रियल टाइम पीसीआर मेसिनबाट जाँच्दा पोजेटिभ नतिजा भएको पाइयो । एनपीएचएलले पहिलो मेसिन फिर्ता लिएर अर्को मेसिन पठाउने जनाएपछि जनकपुरबाट मेसिन फिर्ता गरियो । एनपीएचएलले दोस्रोपटक जनकपुर प्रयोगशालालाई पोर्टेबल मेसिन पठायो तर त्यसले पनि सही नतिजा दिन सकेन । त्यसपछि प्रदेश सरकारले आफ्नै खर्चमा पीसीआर मेसिन खरिद गर्‍यो र पछिल्लो मेसिन एनपीएचएललाई नै फिर्ता पठाइयो । यसरी केन्द्रले पठाएको पोर्टेबल पीसीआर मेसिन जनकपुरको प्रयोगशालामा १२ दिन मात्रै प्रयोग भएर फिर्ता भएको थियो । 

प्रयोगशालाका एक ल्याब टेक्निसियन भन्छन्, “नमुना परीक्षण सुरु गरेको दिनदेखि नै मेसिनमा टेक्निकल समस्या आएको थियो । त्यसपछि हामी त्यो मेसिनको भर नै परोनौं ।” 

Global Ime bank

एकपटक बिग्रिएपछि बनाउनै सकिएन 
विराटनगरस्थित प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा अर्को पोर्टेबल पीसीअर मेसिन झन्डै एक वर्षदेखि थन्किएको छ । ०७६ चैतमा प्रयोग सुरु गरिएको पीयूसीटी पोर्टेबल मेसिन २६ हजार नमुना परीक्षण गरेपछि बिग्रिएको थियो । तर ती नमुनाको नतिजा पनि भरपर्दो नभएपछि विराटनगर महानगरले थप तीनवटा पीसीआर मेसिन प्रयोगमा ल्याएको थियो । 

मेसिनमा मेकानिकल समस्या देखिएको र स्थानीय प्राविधिकहरूमार्फत मर्मत गर्न नसकिएकाले थन्क्याउनुपरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी प्रकाशचन्द्र कार्कीले बताए । कार्कीका अनुसार बार कोडमा समस्या देखिएको मेसिन केन्द्रसँग समन्वयमा पनि पुनः मर्मत गरी चलाउन सम्भव भएन र मेसिन नचल्ने अवस्थामा पुग्यो ।

पोखरामा १० दिनभन्दा बढी टिकेन पोर्टेबल पीसीआर मेसिन
सरकारले खरिद गरेका पाँचमध्ये एउटा पोर्टेबल पीसीआर मेसिन गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । ०७६ चैत १७ गतेदेखि प्रयोग गरिएको मेसिन जम्मा १० दिन प्रयोग गरिएको थियो । ‘एनपीएचएलले पठाएको मेसिनले दैनिक १० देखि १५ वटा मात्रै नमुना परीक्षण गर्ने तर गण्डकी प्रदेशमा कोभिड १९ को संक्रमण उच्च हुँदै गएकाले प्रभावकारी नभएको’ जनस्वास्थ्य प्रयोगशाला गण्डकीकी ल्याब अस्स्टिेन्ट सपना सुवेदीले बताइन् । त्यसयता प्रतिष्ठानमा पोर्टेबल पीसीआर मेसिन निष्क्रिय अवस्थामा छ ।

मर्मत गर्दै काम चलाउँदै 
लुम्बीनीको प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा पठाइएको पोर्टेबल पीसीआर मेसिन प्रयोगको सुरुवातमै समस्या देखिएको थियो । मेसिनले ढिलो र थोरै मात्रामा नतिजा दिने हुँदा नमुना क्रस चेक गरिरहुनपरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । केनद्रबाट आएको केही दिनमै मेसिन मर्मत गर्नुपरेको थियो । अहिले प्रयोगशालाले आफ्नै लगानीमा अटोमेटिक पीसीआर मेसिन खरिद गरिसकेको छ । "एनपीएचएलबाट आएको मेसिन बेला बेलामा मर्मत गरिरहनुपर्छ त्यही भएपनि हामीले काम चलाइरहेका छौं," प्रयोगशालाका एक अधिकारीले भने । 

किन खरिद गरियो गुणस्तरहीन पोर्टेबल मेसिन 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत कुनै पनि प्रदेशमा अहिले पोर्टेबल मेसिन प्रयोगमा छैनन् । अधिकांश प्रयोगशालाहरूमा ३६ र ९६ वेलका ठूला रियल टाइम पीसीआर मेसिनबाट कोभिड १९ को परीक्षण गरिन्छ भने एनपीएचएलमा सिक्वेन्सर मेसिनसमेत प्रयोगमा छ । कोभिड १९ संक्रमणको सुरुवातमा कुनै विकल्प नहुँदा पोर्टेबल पीसीआर मेसिन ल्याइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. रुणा झा बताउँछिन् । “संक्रमण बढ्दैजाँदा आधुनिक मेसिनहरू भित्रिँदै गए र प्रदेश तथा पालिकाहरूले पनि आफैं मेसिन खरिद गर्न थाले । त्यसमाथि पनि पोर्टेबल पीसीआर मेसिनले अन्य रोगको पहिचान गर्न नसक्ने भएकाले अहिले धेरै प्रयोगशालाहरूमा प्रयोगविहीन नै बनेका छन्,” डा. झा भन्छिन् । तर संक्रमण बढ्ने सम्भावनालाई बेवास्ता गर्दै सरकारले गुणस्तरहीन पीसीआर मेसिनमा लगानी गरेको भन्दै विज्ञहरूले भने आलोचना गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC